काठमाडाैँ । "आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भुमिका" भन्ने मुल नाराका साथ विश्वभर मनाउन लागिएको २८ औं विश्व आदिवासी दिवस युएईमा पनि नेपाल आदिवासी जनजाती महासंघ युएईले नेपाली दुतावास अबुधावीका राजदुत महामहिम कृष्ण प्रसाद ढकालको प्रमुख आतिथ्यमा आगामी १४ अगष्टका दिन विविध कार्यक्रमका साथ बर दुवई स्थित क्लव एभरेस्टमा मनाउने भएकोछ ।

कार्यक्रममा विभिन्न जातिका मौलिक सांस्कृतिक झाकीको प्रदर्शन, हरेक जातिको मौलिकता झल्कने प्रदर्शनी स्टल एवं मौलिक सांस्कृतिक प्रस्तुति साथै कार्यक्रममा आआफ्नो समाजमा योगदान पुर्‍याउने महासंघमा आवद्ध जातिय समाजको सिफारिसमा हरेक समाज बाट एक जना महिला र एक जना पुरुषलाई सम्मान गरिने छ । बिगत वर्षहरुमा जस्तै यो वर्ष पनि मिस्टर एण्ड मिस इन्डिजिनियस प्रतियोगिता समेत आयोजना हुने महासंघकि अध्यक्ष विजय लक्ष्मी राईले बताईन ।

प्रवासी कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुति रहने उक्त कार्यक्रममा एक्स्पो २०२० मा नेपाल पेवेलियनका आयोजक आई ई जी ग्रुपले एक्स्पो २०२० अवधीभर विश्व सामु नेपालको मौलिक संस्कृति झल्काई देशको शिर उच्च राख्दै एक्स्पो २०२० मा नेपाल आदिवासी जनजाति महासंघ युएईका प्रवासी कलाकारहरुले गरेको योगदानको कदर गर्दै सम्मान गरिने जानाकारी आई ई जी ग्रुपका प्रमुख अमृत रत्न शाक्यले बताए ।

सोही कार्यक्रममा कोभिड-१९ विश्व महामारीको समयमा समस्यामा परेका नेपालीहरुलाई राहत तथा उद्धारका निम्ति स्थानिय प्रशासनसंग समन्वय गरि कोभिड प्रभावित नेपाली समुदायको सेवामा अहोरात्र खटने स्वयंसेवकहरुलाई समेत सम्मान गरिने कार्यक्रम संयोजक डम्बर लिम्बुले जानकारि दिए ।

विश्व आदिवासी दिवस ९ अगष्टमा मनाईने भए पनि प्रवासमा सबैको अनुकुलतामा नेपाल आदिवासी जनजाती महासघं युएईले हरेक बर्ष आयोजना गर्दै आएको थियो। तर कोभिड - १९ को महामारीका कारण दुई वर्षको अन्तरालमा यो वर्ष २८ औँ अन्तराष्ट्रीय विश्व आदिवासी दिवसको अवसरमा कार्यक्रम आयोजना हुन लागेको हो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...