काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ ।

प्रकाशित नतिजाअनुसार ९६३३ जना विद्यार्थीले ३.६ देखि ४ जीपीए ल्याएका छन् । त्यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४१६२७ रहेको बाेर्डले जनाएकाे छ । २.८ देखि ३.२ जीपीए ल्याउने विद्यार्थी ६९९०० रहेकाे छ भने २.४ देखि २.८ जीपीए ल्याउने विद्यार्थीको संख्या ९०७५८ रहेको छ ।

बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई)ले एसईईको नतिजा सार्वजनिक गरेको हाे । परीक्षामा ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...