काठमाडाैँ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-७ धनगाँउस्थित नयाँ बन्दै गरेको घरमा काठको फर्निचरको काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुली घर भएका ४० वर्षीय तुल बहादुर तामाङ रहेका छन् । उनको मंगलबार मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
नुवाकोटको बेलकोटगढी नगरपालिका-७ रातोमाटेस्थित श्री हिरा टेक्सटाईल कपडा फ्याक्ट्रीमा ट्रस पाईप वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काभ्रे घर भएका २३ वर्षीय राज तामाङ छन् । उनको मंगलबार मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि अम्बे भरोसा अस्पताल गल्छीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...