काठमाडाैँ । रुपन्देहीमा अवैध लागू औषध डेढ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।
जिल्लाको सैनामैना नगरपालिका -१० झिमपुरका २७ वर्षीय रोशन थारु र सोही नगरपालिका -५ बालपुरका २७ वर्षीय कमल कुमालको घर खानतलासी गर्दा थारूबाट १ किलो ३६० ग्राम र कुमाल बाट २०४ ग्राम सुकेको गाँजा पनि बरामद गरिएको छ ।
ती दुबै जनालाई सालझण्डी ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि अदालतमा मुद्धा दायर भइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...