काठमाडाैँ । स्याङ्जाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीया बिन्द्र गुरुङ र चार वर्षीया सोफिया गुरुङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धार गर्ने क्रममा बुबा बिन्द्र पनि डुबेका थिए । तत्काल उद्धार गरी वालिङस्थित गह्रौ प्राथमिक अस्पतालमा पुर्‍याइएकामा चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेको थियो । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...