काठमाडाैँ । तारकेश्वर नगरपालिका-१० मनमैजु बस्ने धादिङ खनियाबास गाउँपालिका-४ घर भएका ३९ वर्षीय अजय तामाङको टहरोमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त टहरोमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार ३ सय रूपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...