काठमाडाैँ । प्रदेश–१ को नामको विषयमा छलफल गर्न सभामुख प्रदीपकुमार भण्डारीले शुक्रवार सर्वदलीय बैठक आव्हान गरेका छन् । सभामुख भण्डारीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दललाई पत्राचार गर्दै आगामी शुक्रवार सर्वदलीय बैठक आव्हान गरेका हुन् ।

बैठकमा नामकरणको विषयमा छलफल हुने प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । दलहरूबिच साझा सहमति गराउने प्रयास स्वरूप छलफल आह्वान गरिएको सचिवालयले जनाएको छ ।

नामको विषयमा दलहरूबिच एकमत छैन । भौगोलिक र जातीय पहिचानको विषयमा राजनीतिक दलले आ–आफ्नो अडान राखेका कारण प्रदेश–१ को नामको टुंगो लाग्न सकेको छैन ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...