काठमाडाैँ । नेपाल तराई समाज दक्षिण कोरिया द्वारा हाल रौतहट जिल्लाको श्री ज्ञान् कुन्ज इङलिस स्कुल बौद्धिमाइ न.पा.०२ इनर्वामा अवस्थित रहेको विधालय लाई (१२) थान,रौतहटको बौद्धिमाइमा रहेको विधालय श्री माध्यमिक विधालय वा.न ४ इनरवारि लाई (१०) थान, यहि न.पा को वा.न ३ मा रहेको श्री प्राथमिक विधालय लाई (८) थान, बारा जिल्लामा रहेको श्री नेपाल राष्ट्रिय अधारभुत विधालय कलैया उ.म.न.पा १६ उतर झिटकैया लाई (१०) थान त्यसै गरि बारा जिल्ला सिम्रौनगढ नगरपालिका वा.न ७ काे खजानि टोल मा अवस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विधालयमा (२०) वटा सेलिङ पङ्खा सहयोग प्रदान गरेकाे अध्यक्ष अवदेशराज चाैरासीयाले बताएका छन् ।

नेपाल तराई समाज दक्षिण कोरिया द्वारा १० थान सेलिङ् पङ्खा त्यसैगरी त्यहाँको स्थानिय निवासि श्री बचु कुशवाहाबाट ५ थान र साेहि ठाउँका केहि स्थानिय सामाजिक अभियान्ता सुपेन्द्र कुस्वाह लगायतले ५ वटा गरि जम्मा सबै विधालय लाई ६० थान पङ्खा विभिन्न विद्यालयका प्रधानाध्यापक शिक्षक स्थानीय र विद्यार्थीहरुको र उपस्थितमा हस्तान्तरण गरिएको छ। उक्त विद्यालयहरूमा स्थानीय सरकार र वडा अध्यक्षले पनि व्यवस्थापन र शैक्षिक प्रणाली बारे खासै नेहेरेकाे गुनासोहरु बढ्दाे छ।

२ महिना देखि स्कुल बन्द समेत हुन पुगेको बुझिएको छ। विद्यालयमा अनुकूल वातावरण नहुँदा पठनपाठनमा समेत विद्यार्थीलाई समस्या आएकाे थियाे । पाठ्यपुस्तककाे अभाव ,विद्यालयमा सिजन अनुसारको कक्षाकाे व्यवस्थापन नभएकाे जनाउँदै विद्यार्थीहरु आन्दोलित समेत गरेका थिए । उक्त अवस्थालाई मध्य नजर गर्दै त्याँहाका समाजिक अभियानताहरु जनार्दन चौरसिया , सुपेन्द्र कुशवाहा,जयराम गुप्ता , रितेश साह, तुरन्तनारायण यादव, निकलेश कुशवाहा, त्यसै गरि यो संस्था का कोषाध्यक्ष अजय कुशवाहा, यो संस्था को उपाध्यक्ष रामपुकार ठाकुर लोहार, त्यसैगरी यो संस्था को सचीव प्रमोद दास लगाएत सम्पुर्णको विशेष अपिलमा नेपाल तराई समाज दक्षिण कोरियाले अनुकुल हुने गरि सहयोग गरेकाे अध्यक्ष अवधेश राज चौरसिया ले बताए ।

हाम्रो संस्थाको एजेन्डा समेत रहेको हुनाले शिक्षा क्षेत्रमा समस्यामा रहेकाहरुलाई सहयोग गर्ने उद्देश्य को साथमा अगाडि बढ्ने हाम्रो लक्ष्य छ त्यस बाट हट्नु हुँदैन हामी जहिले नि अगाडि बढने छौं भने ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...