काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आईओसी)ले नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।

नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य साढे १५ रुपैयाँ प्रतिलिटर र डिजेलको मूल्य साढे १६ रुपैयाँ प्रतिलिटर घटेर आएको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर  प्रतिब्यारेल १ सय डलर हाराहारीमा झरेको छ ।

निगमका अनुसार भारतबाट मूल्य घटेर आए पनि  यसअघिको नोक्सानीको असर परिरहेको कारण नेपालमा तत्काल पेट्रोलियम पद्धार्थको मूल्य नघट्ने भएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...