काठमाडौँ । श्रीलंकाका राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिने भएपछि प्रदर्शनकारी खुसी भएका छन् । राष्ट्रपति जुलाई १३ (बुधबार) राजीनामा दिन सहमत भएपछि प्रदर्शनकारी खुसी भएका हुन् ।
प्रदर्शनकारीहरूले राष्ट्रपति भवन प्रधानमन्त्रीको निजी निवासमा पसेर आगजनी गरेपछि राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिने घोषणा गरेका हुन् । घोषणापछि सहरमा खुसीयाली मनाउँदै आतसबाजी गरिएको छ ।
प्रधानमन्त्री रनिल विक्रमासिङ्ग यस अघिनै राजीनामा दिन सहमत भएका छन् । आर्थिक अव्यवस्थाको विरोधमा श्रीलंकामा महिनौँयता प्रदर्शनहरू जारी छन् । शनिवार ठूलो सङ्ख्यामा राजधानी कोलम्बोमा जम्मा भएका प्रदर्शनकारीहरूले राजपक्षको राजीनामाको माग दोहोर्याएका थिए ।
शनिबारको घटनापछि अमेरिकाले श्रीलंकाली नेतृत्वलाई देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आह्वान गरेको थियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...