काठमाडाैँ । काठमाडौंको बल्खुमा आइतबार दिउँसो भ्यानले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ।

भारतको महाराष्ट्र घर भई काठमाडौं बस्दै आएका ५ वर्षीय आयुष बन्सुरको मृत्यु भएको काठमाडौं प्रहरीका डिएसपी निरन्जन भट्टले जानकारी दिए । उनका अनुसार बा १३ च ६४१९ नम्बरको टाटा भ्यानले दिउँसो बल्खु बजार नजिकै पैदल यात्रीलाई ठक्कर दिएको थियो। 

‘भ्यानले आमाछोरालाई ठक्कर दिएको हो,’ उनले भने, ‘आमाले ५ वर्षीय छोरालाई काखमा बोकेकी थिइन् ।’  ठक्करबाट गम्भीर घाइते भएका आमाछोरालाई उपचारका लागि वयोधा अस्पताल लगिएको थियो ।  उपचारका क्रममा बालकको मृत्यु भएको हो ।

उनकी आमाको अवस्था भने खतरामुक्त छ । भ्यानका चालक बाग्लुङका २२ वर्षीय सुवास खतिवडालाई  प्रहरीले नियन्त्रणमा लिएको छ। 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...