काठमाडाैँ । पोखराको बेगनास तालमा तैरीरहेको अबस्थामा एक जना पुरुषको शव फेला परेको छ ।
मंगलबार दिउसो पोखरा महानगरपालीका वडा न ३१ मा पर्ने बेगनास तालको पारी पटी अधेरी कुनामा पुरुषको शव फेला परेको हो । उक्त पुरुषको शव स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए। मोरङ जिल्ला स्थाइ घर भइ हाल पोखरा महानगर पालीका वडा न ३१ मा मजदुरी गर्दै आइरहेका सेतुमान राईको शव किनारमा भेटीएको वडा प्रहरी कार्यलय डाँडाँको नाकका इनीस्पेक्टर भगवान थापाले जानकारी दीए । शव भेटीएको स्थान नजिकै तालको तिरमा चप्पल र माछा मार्न प्रयोग भएको बल्छी भेटीएको थियो ।
यतिबेला उनको शव पोष्टमाटमको लागी पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा राखीएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...