काठमाडौँ । नेपालमा बसोबास गरिरहेका विभिन्न देशका शरणार्थीहरूले आर्थिक, सामाजिक, सांस्कृतिक लगाएतका अधिकारको सुनिश्चितताको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।
मंगलबार काठमाडौँस्थित संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी नियोग (युएनएचसीआर) को कार्यालय अगाडि उनीहरूले विभिन्न ११ बुँदे मागसहित विरोध प्रदर्शन गरेका छन् ।
उनीहरूको मागको पहिलो बुँदामा मानव अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघको विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकार सुनिश्चित गर्नुपर्ने रहेको छ । त्यस्तै नीजि बिद्यालयमा अध्ययनरत बिद्याथीहरूलाई सत प्रतिशत सहयोग गर्नुपर्ने र शरणार्थी बालबालिकाको अन्य अधिकार पनि सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ ।
उनीहरूले आफुहरूमाथिको भेदभाव अन्य गर्नुपर्ने माग समेत राखेका छन् । त्यस्तै घर फर्कन चाहनेलाई उचित वातावरण बनाइदिन पनि उनीहरूले माग गरेका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...