काठमाडाैँ । शरणार्थी दिवसको अवसरमा सलिस्बरी काउन्सिल मार्फत आयोजना गरिएको सामुदायिक वृक्षरोपण कार्यक्रममा दक्षिण अष्ट्रेलियामा १४ वर्ष देखि बसोबास गर्दै आउनु हुने पुनर्वासित भुटानी परिवारहरूले आफ्नो स्थानीय पार्क, ह्यारी बोवि रिजर्व( Harry Bowey Reserve)  क्षेत्रमा पर्ने जोन हार्वि ओभल (John Harvey Oval )  मा सयौं वृक्षहरूको रोपण गरेका छन् ।

उक्त सामुदायिक वृक्षारोपण कार्यक्रममा समुदायका यातना र आघात उत्तरजिवि, ज्येष्ठ नागरिक, युवा तथा बालबालिकाहरूको सक्रिया सहभागिता रहेको थियो । यस सामजिक स्तरको वृक्षरोपणलाई नेपाली भाषी भुटानीहरूले पुनर्वास पछि आफूहरू बसोबास गर्दै आएको भूमिमा मात्रै गरेको वृक्षरोपण नभएर सिङ्गो नेपाली डायसपोरामा नै गरिएको प्रथम वृक्षरोपणका रुपमा मानिन्छ ।

३ घण्टा सम्मको लामो वृक्षारोपणको कार्यक्रममा सहभागी भुटानी(नेपाली परिवारहरूले आफ्नो मात्रीभूमीमा मेलापात गर्दाका रमाईला अनुभवहरू साटासाट गर्ने सुनौँलो अवसर मात्रै पाएका थिएनन्, उनिहरूले आफ्ना सम्पुर्ण अग्रज र अभिभावकहरूले जसले सिङगो समाज, जनता र भावि पिडिहरुको हित, अधिकार र भविष्यको लागि अमूल्य योगदान पुर्याउनु भएको थियो उनिहरूको भोगाई र प्रेरणालाई हृदयदेखि नै सम्मान जनाउँदै आत्मसाथ वृक्षरोपण गर्न सफल भएका थिए ।

यसै गरि यी ठुला दिल भएका भुटानी - नेपाली परिवारहरुले हालै स्वर्गरोहण भएका प्रिय डा.भम्पा राईलाइ उनले आफ्नो पुरै जिवन काल भरि नै सिङ्गो भुटानी-नेपाली समाजलाई पुर्याउनु भएको अतुलनिय योगदानलाई सम्मान गर्दै उनको विशेष सम्झनामा अस्ट्रेलियाको नेटिव वृक्ष, गम ट्री समेत रोपण गरेका छन् ।

यस कार्यक्रमको सामाजिक समन्वय भने ‘भुटानी शहीद स्मारक तथा यातना उत्तरजिवि समाज इंक ( BHUMMATSS ) ले गरेको थियो । BHUMMATSS  का अध्यक्ष मोहन गौतमका अनुसार यहि वर्षको जुन, जुलाई र अगष्ट (June,July&August ) महिनामा जम्मा गरि पुरै ७ दिन दक्षिण अष्ट्रेलियाली नेपाली भाषी भुटानी समूदायहरू र समूदायका यातना र आघात उत्तरजिवि, ज्येष्ठ नागरिक, युवा तथा बालबालिकाहरूले ‘बुश फायरी रिकभरी सामुदायिक वृक्षारोपण कार्यक्रम (Bushfire recovery & community plantstion events )’ मा सक्रिया रुपमा सहभागि हुनेछन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...