काठमाडाैँ । बेवारिसे सडक मानव मुक्त काभ्रे जिल्ला निर्माण अभियानका लागि धुलिखेल नगरपालिकाद्वारा मानव कल्याण समाजलाई भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । बाग्मति प्रदेश सरकार शहरि विकास मन्त्रालयको अनुदानमा धुलिखेल १२ सन्खुमा निर्माण भएको सो नवनिर्मित भवन धुलिखेल नगरपालिकाका नगरप्रमुख श्री अशोक कुमार ब्यन्जु श्रेष्ठद्वारा उद्घाटन गरि मानव कल्याण समाजको अध्यक्ष श्री सुमित्रा चौलागाईज्युलाई हस्तान्तरण गरीएकाे थियाे ।
धुलिखेल १२ का वडा अध्यक्ष मोहन प्रसाद लामिछानेज्युको सभाध्यक्षता रहेको सो विशेष कार्यक्रम नगरप्रमुखज्युकै प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा धुलिखेल नगरपालिकाका पुर्व उपप्रमुख बिमला शर्माज्यु, भक्तपुर सुर्यविनायक नगरपालिकाका पुर्व उपप्रमुख जुना बस्नेतज्यु, सेवा घरका अभिभावक तथा संरक्षक बाल मुकुन्द सुवालज्यु, धुलिखेल १२ का पुर्व वडा अध्यक्ष हर्क बहादुर तमाङ्ज्यु, सेवा घरका अभिभावक तथा पत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्ष मोति राम तिमल्सिनाज्यु, राष्ट्रिय सन्चार केन्द्रका अध्यक्ष पेशल आचार्यज्यु, काभ्रे उध्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसक्षेज्यु, कलकल ग्रुप प्रालिका सि ई ओ रगिता बस्नेतज्यु, सेवा घरका अभिभावक बलराम थापाज्यु, समाजसेवी हिरा सिंह तामाङज्यु, समाजसेवी खाइबा लामा, बिष्णु शर्मा र कृष्ण मणि कुइकेलज्यु, देवडोल जीवन योग प्रयोगशाला परिवार, के यु योग साधना केन्द्र परिवार, मानव सहायता समुह नेपाल परिवार, युनाइटेड पिस किरण क्लव परिवार, हाम्रो परिवार राम्रो परिवार लगायत, स्थानिय समाजसेवी, भद्रभलाद्मि, सहयोगि, शुभेक्षुक, शुभचिन्तक, अभिभावक लगायतकाको उपस्थिति रहेको थियो ।
शुभावना मन्तव्यको क्रममा मानव कल्याण समाजको सेवा कार्यलाइ स्थानिय र नगरपालिकाबाट भरपुर सहयोग हुनुपर्ने बक्ताहरुको भनाइ लाई सम्बोधन गर्दै प्रमुख अतिथिज्युले जहाँ सेवा घरलाई समस्या पर्छ त्यहाँ नगरपालिकाले सम्पुर्ण जिम्मेवारि लिनेछ भन्ने प्रतिबद्दता व्यक्त गरेका थिए । कार्यक्रमका बिच सेवा घरको सेवाबाट प्रभावीत भै धुलिखेल १२ का पुर्व वडा अध्यक्ष हर्क बहादुर तामाङज्युले रु.१०५०००(एक लाख पाच हजार ) र वडा शदस्य श्री गोपि कृष्ण श्रेष्ठज्युले रु. १०००००(एक लाख ) प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए भने मन्जु बस्नेतज्युले रु.५०००, बलराम खड्काज्युले रु.५०००, धन शर्माज्युले रु.५००५, भिमलाल श्रेष्ठज्युले रु.१०००० र उत्तम राजभण्डारीज्युले रु.२५००० सप्रेम अर्पण गरेका थिए ।
कार्यक्रममा उपस्थित सरिता थापाज्यु, बिजुलि माया कर्माचार्यज्यु, सुनिता थापाज्यु,भवानि पन्तज्यु,रोशना बज्राचार्यज्यु, पेशल आचार्यज्यु र हाम्रो परिवार राम्रो परिवारबाट खाध्यान्न, लत्ताकपडा र फलफुल अर्पण गरीएकाे थियाे साथै मझौला व्यवसायी संघका अध्यक्ष श्री कृष्ण लाल श्रेष्ठज्युबाट सेवा घरको १ जना छोराको १२ कक्षा सम्मको खर्च बेहोर्ने र काभ्रे उध्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछेज्युले सबै छोराछोरीलाइ १र१ सेट कपडा सप्रेम अर्पण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...