काठमाडाैँ । राष्ट्रियसभाको बैठक आगामी असार १ गते बस्ने भनिएता पनि विशेष कारणले आगामी असार २ गते बस्ने भएको छ ।

सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमद्वारा आज जारी सूचनामा राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले असार २ गते १ बजे बस्ने गरी निर्धारण भएको उल्लेख गरिएको छ ।

सूचनामा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम उक्त दिनका लागि बैठक बस्ने निर्धारण गरेकाे उल्लेख छ ।
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...