काठमाडाैँ । काठमाडौँको धोबीखोलामा एक पुरुषको शव फेला परेको छ । सुकेधाराबाट कपनमा जाने बाटोमा पर्ने धोबीखोलामा पानीमा तैरिएको अवस्थामा पुरुषको शव आज बिहान फेला परेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले धोवीखोलामा डुबेको अवस्थामा अन्दाजी ४०\४५ वर्षीय पुरुषको शव फेला परेको राससलाई जानकारी दिए ।  स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीलाई खबर गरेसँगै उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वर र प्रहरी वृत्त महाराजगञ्जको प्रहरी टोली घटनास्थल पुगेर उक्त शवको मुचुल्का उठाउने र शवपरीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रवक्ता मैनालीले बताए । त्यसबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । शवको पहिचान नभएको प्रवक्ता मैनालीले बताए । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...