काठमाडाैँ । काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित फर्पिङको जङ्गलमा दुई जना मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेश मैनालीले एकजोडी युवायुवती मृतावस्थामा फेला परेको जानकारी दिए । उनले मृतावस्थामा भेटिएका व्यक्ति अन्दाजी २२\२३ वर्षको भएको बताए ।

मृतावस्थामा भेटिएका ती व्यक्तिको सनाखत हुन नसकेको र मृत्युका कारण पनि नखुलेको प्रवक्ता मैनालीले बताए । घटनास्थलमा अहिले प्रहरीको टोली पुगेको छ । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...