काठमाडौँ । १९ गते, विहिबार २०७९ साइकल संस्कृति अभियानका संयोजक डा. तारालाल श्रेष्ठले साइकल नै विश्व जगतमा स्वस्थ यातायातको अस्त्रका रुपमा रहेको बताएका छन । द मार्जिन मिडियासंग विहिबार कुराकानी गर्दै उनले वातावरणमैत्री यातायातको साधनका रुपमा रहेको साइकल चढ्ने बानीले वायु प्रदूषण न्यूनिकरणमा सघाउने मात्र नभई स्वयं व्यक्तिको स्वास्थ्य पनि राम्रो हुने बताए ।

उनले सामान्य दूरी पार गर्नका लागि इन्धनबाट चल्ने कार चलाएर समाजमा समाजमा आफूलाई प्रतिष्ठित व्यक्तिका रुपमा चिनाउन खोज्नु गलत मानसिकता भएको उल्लेख गर्दै अब त्यस्तो सोच परिवर्तन गर्नु पर्ने बताए । सबालटर्नमा विद्यावारिधी समेत गरेका श्रेष्ठले बाध्यात्मक अवस्थामा साइकल चढ्ने निम्न वर्गका मानिसहरुलाई सम्मान गर्नु पर्नेमा जोड दिए । उनले सडक सुरक्षाका लागि साइकल नीति बनाउनु पर्ने बताएका छन ।

अहिले सम्म साइकल बारे नीतिगत व्यवस्था नभएको भन्दै सिमान्तकृत, पिछडिएका वर्ग र साइकलपे्रमीहरुको सुरक्षाको लागि उक्त नीति बनाउनु पर्ने उल्लेख गरे । उनले काठमाडौँ उपत्यकाका ३ जना मेयरहरूको उपस्थितिमा साइकल संस्कृति अभियान पनि शुरू हुन लागेको जानकारी दिए । उनले जेष्ठ २१ गते शनिवार पाटन दरबार स्क्वायरबाट शुरू हुने साइकल संस्कृति अभियानमा सहभागिताका लागि समेत आग्रह गरे । शनिबार बिहान पाटनबाट शुरु हुने अभियान दरबारमार्ग पुगेर औपचारीक कार्यक्रममा परिणत हुने उनले बताए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

गोपाल जंग थापा

लेखकबाट थप...