काठमाडाैँ । गण्डकी प्रदेशको राजधानी पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएको छ । 

पोखरा विमानस्थलबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जानकारी दिए । विमानमा १९ यात्रु र चालक दलका तीन सदस्य रहेको जनाइएको छ । 

जहाजको खोजी सुरु भएको गौतमले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।  

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...