काठमाडाैँ । पर्सा प्रहरीको टोलीले लाटोकोसेरोसहित दुई भारतीयलाई पक्राउ गरेको छ  । पक्राउ पर्नेमा  भारत विहार पश्चिम चम्पारण थाना बागाहा ग्राम औसानी १ का ४२ वर्षीय  मृतुन्जय सिंह र भारत विहार पश्चिम चम्पारण थाना नरकटियागञ्ज ग्राम मनिहारी–३ का ३५ वर्षीय शेख अनवर रहेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरको गोरेटो बाटो हुँदै अवैधरूपमा  लाटोकोसेरो नेपालबाट भारततर्फ लाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो । लाटोकोसेरोलाई डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई वन्यजन्तु सरंक्षण ऐनसम्बन्धी कसूर मुद्दा अन्तर्गत कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।  

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...