काठमाडाैँ । नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा मिति २०७९ बैशाख २५ गते राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सह-सचिव हरि प्रसाद घिमिरेको प्रमुख आतिथिमा सि.सं. २ Deep Water Diving Training (गोताखोर) तालिमको विधिवतरुपमा उद्घाटन भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय वीचको सहकार्यमा संचालन भएको ५ हप्ता अवधिको गोताखोर तालिममा २० (बीस) जना सशस्त्र प्रहरी जवानहरु प्रशिक्षार्थीको रुपमा सहभागी भहेका छन्। साथै तालिम अवधीभर प्रशिक्षार्थीहरुलाई कोशी नदि, फेवाताल, कुलेखानी लगायतका फरक फरक भौगोलिक स्थान तथा वातावरणमा प्रशिक्षण दिईने छ।
मिति २०६९ बैशाख ३१ गते देखि मिति २०६९ असार १४ गते सम्म UNDP Nepal को सहयोगमा मित्रराष्ट्र बंगलादेशमा संचालन भएको गोताखोर तालिममा २५ जना सशस्त्र प्रहरी कर्मचारीहरुले तालिम सम्पन्न गरे पश्चात देशका विभिन्न भागमा भएका विपद् उद्धारका घट्नाहरुमा परिचालित गरिने । उद्धार कार्यमा तालिम प्राप्त जनशक्तिको अभाव महसुस भएको कारणले थप जनशक्ति उत्पादन गर्ने उद्धेश्यले नेपालमा नै पहिलो पटक मिति २०७६/०६/०९ गते देखि मिति २०७६/०७/२६ गते सम्म सशस्त्र प्रहरी बल,नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीमा सि.सं. १ गोताखोर तालिम संचालन गरी १९ जना सशस्त्र प्रहरी कर्मचारीहरु प्रशिक्षित भएको छ ।
देशका विभिन्न ६ स्थानमा हाल ३७ जना गोताखोर सशस्त्र प्रहरी कर्मचारीहरु परिचालित भई गहिरो ताल, तलैया, पोखरी तथा नदिहरुमा डुवी वेपत्ता तथा घाईते भएका व्यक्तिहरुको खोजतलास लगायतका उद्धार कार्यमा संलग्न हुँदै आईरहेका छन् । विदेशबाट गोताखोरहरु झिकाई उद्धार कार्य गर्नु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ। उद्धघाटन कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि सह-सचिव हरि प्रसाद घिमिरेले सशस्त्र प्रहरी बल, नेपालले भु-कम्प, बाढी, पहिरो, आगलागी, घट्ना दुर्घट्नाहरु लगायत विपद् व्यवस्थापनको क्षेत्रमा पुर्याएको योगदानको प्रशंशा गर्नुहुदैं गोताखोर तालिम विपद् व्यवस्थापनको क्षेत्रमा एक महत्वपुर्ण कोशेढुङ्गा सावित हुने बताए ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका समादेशक का.मु. सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अन्जनी कुमार पोखरेलले नेपाल प्राकृतिक तथा गैर प्राकृतिक विपद्को दृष्टिले उच्च जोखिम युक्त राष्ट्र रहेको बताउँदै नदि, ताल तथा गहिरो स्थानहरुमा डुबी भएका मानवीय घट्नाहरुमा विपद् प्रतिकार्यको लागि सामान्य जनशक्तिबाट सम्भव नहुने हुँदा संगठनलाई प्राप्त विपद् व्यवस्थापन जस्तो महत्वपूर्ण कार्य देश कुशल ढंगले सम्पादन गर्नका लागि गोताखोर तालिम अपरिहार्य रहेको बताए।
उद्धार कार्य आफैंमा एक जटिल अनि कठिन कार्य रहेको बताउँदै सहभागी प्रशिक्षार्थीहरुलाई तालिमको दौरानमा अनुशासित, ईमान्दार र लगनशिल भई क्रियासिल रहन निर्देशन दिनुहुँदै तालिमबाट आर्जन गरेको ज्ञान, सीप, कला, कौशलबाट विपदमा परेका नागरीकलाई राहत दिने कार्यमा उपयोग हुने विश्वास व्यक्त गरी तालिम सफलताको शुभकामना दिए । यसै क्रममा तालिम संचालनमा आवश्यक सहकार्य गरी महत्वपुर्ण भुमिका निर्वाह गर्ने राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणप्रति विशेष आभार प्रकट गर्दै हालसम्म सशस्त्र प्रहरी बल,
नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु विभिन्न विपद् उद्धार कार्यमा खटीई ८०२ जनाको जिवित उद्धार र ३०५ जना मृतकको शव रिकभर गरेको जानकारी गराउँदै विपद् प्रतिकार्यमा तत्कालको लागि सशस्त्र प्रहरी बल, नेपालले कम्तिमा १० जना गोताखोर सहितको टोली प्रत्येक प्रदेशमा परिचालन गर्ने योजना रहेको बताए । समारोहमा उक्त तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक विरेन्द्र खनालले तालिम सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...