काठमाडाैँ । आसन्न निर्वाचनका लागि  व्याँस गाउँपालिका–१ को छाङ्गरु र तिङ्करमा हेलिकप्टर मार्फत निर्वाचन सामग्री,कर्मचारी र सुरक्षाकर्मी पठाइएको छ । जिल्लाको सबैभन्दा विकट क्षेत्र रहेको सो स्थानमा नेपाली सेनाको हेलिकप्टर मार्फत सुरक्षाकर्मी पठाइएको हो । 

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले छाङ्गरु र तिङ्करमा  हेलिकप्टरमार्फत निर्वाचनमा प्रयोग हुने सामग्री, निर्वाचन अधिकृत तथा सुरक्षाकर्मी पठाइएको जानकारी दिए । तिङ्करको छायालेकमा रहेको प्रहरी चौकीका लागि आवश्यक  सामग्री पनि हेलिकप्टर मार्फत लगिएको उनले बताए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...