काठमाडाैँ। ज्वालामुखी गाउँ पालिकाकी ने.क.पा. (माओवादी केन्द्र) की उपाध्यक्ष पदकी उम्मेदवार लक्ष्मी थापाले आफू एकल जनजाति महिला तथा सहिद परिवारको भएको र आफुले समग्र महिला, जनजाति, उत्पीडित वर्ग र सहिद परिवारको प्रतिनिधित्व गर्ने भएकाले समावेशी प्रतिनिधित्व र विकासका लागि आफ्नो विजय अनिवार्य भएको दाबी गरेकी छिन ।
थापाले समग्र महिला, जनजाति, उत्पीडित वर्ग र सहिद परिवारको हक, हित र उत्थानका लागि ज्वालामुखिका जनताले आफुलाई हसिया हथौडामा मतदान गरि विजयी गराउने विश्वास व्यक्त गरेकी छिन ।
उनले लामो समयदेखि स्थानीय स्तरमै रहेर राजनीति गर्दै आएको, जनताको सुख दुख नजिक बाट बुझेको र जनताले पनि आफुलाई नजिक बाट चिनेकाले आफ्नो विजयले राज्य बाट स्थानीय स्तरमा उपलब्ध सेवा प्रवाह छिटो छरितो , पारदर्शी र निस्पक्ष हुने कुरा सुनिश्चित गरिन ।
उम्मेदवार थापाले ज्वालामुखी गाउँ पालिकाको शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायत सम्पुर्ण विकासका पुर्वाधार निर्माण र स्तरोन्नतिका लागि अहोरात्र खट्ने बताइन् । साथै उनले साँस्कृतिक धरोहर र प्राकृतिक सम्पदाको संरक्षण र सम्वर्ध्दन गर्ने कुरामा जोड दिइन ।
उनले आफुले चुनाव जितेपछि ज्वालामुखी गाउँ पालिकालाई सुशासन र भ्रष्टाचार मुक्त पालिका बनाउने प्रतिबद्धता पनि व्यक्त गरेकी छिन ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...