काठमाडौँ । काठमाडौँ महानगरपालिकाबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का मेयर उम्मेदवार र स्वतन्त्र उम्मेदवार बिच जम्काभेट भएको छ । चुनावी प्रचारप्रसारका क्रममा घरदैलोका अभियानमा रहेका दुई उम्मेदवारबिच नगरको शान्तिनगर क्षेत्रमा भेट भएको हो ।
दुई उम्मेदवारहरू स्थापित र शाहको भेट सौहार्दपूर्ण भएको थियो । भेटका क्रममा स्थापित र बालेनले एकअर्कालाई अँगालो हाल्दै जितका लागि शुभकामना दिएका थिए । बालेनको चुनावी प्रचारप्रसार समितिका सदस्य विवेक बास्तोलाका अनुसार दुई उम्मेदवारबिच शुभकामना आदानप्रदान भएको हो ।
प्रचारप्रसारका क्रममा बालेनप्रति आक्रामक देखिने स्थापितले पनि बालेनको विजयको कामना गरेका थिए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...