काठमाडाैँ । प्रतिबन्धित लागुऔषध पाँच किलो गाजाँसहित धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरबाट लागुऔषध गाँजासहित धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरका ३१ वर्षीय किसुनदेव यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बरमझियाबाट प्र२–०३–०१९प १९४२ नंको मोटरसाइकलमा डुमरियातर्फ जाने क्रममा जाँच गर्दा लागुऔषध गाँजा बरामद भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...