काठमाडाैँ । कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले आज अधिवेशन अन्त्य गरेका हुन् ।

मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा वैशाख २१ गते बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख परियारसमक्ष सिफारिस गरेकामा  उनले नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम आज राति १२ः०० बजेबाट प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरेकाे प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...