काठमाडाैँ । बाबु छोरीको ज्यान जाने गरी कास्की जिल्लाको अन्नपूर्ण गाउपालिका वडा नम्बर ४ लेवाडेस्थित पोखरा बागलुङ्ग राजमार्गमा भएको सवारी दुर्घटना पश्चात भागेका कार चालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले महानगरीय प्रहरी वृत्त महाराजगंजको समन्वयमा काठमाण्डौँ जिल्लाको महाराजगंजबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कार चालक पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं १ बस्ने २७ वर्षीय एन्जिल बम मल्ल रहेका छन् । बैशाख १८ गते आइतबार बिहानपोखरा बागलुङ्ग राजमार्गमा पर्बत जादै गरेको ग३च ३५२५ नम्बरको मल्लले चलाएको निजि कारले पोखरा आउँदै गरेको ग१८प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर ४ का ४५ वर्षीय जितबहादुर पुन र उनकी छोरी १८ वर्षीया सबिना पुनको मृत्यु भएको थियो।
उक्त दुर्घुटनापछि फरार रहेका कार चालकलाई पक्राउ गरि आज कास्की प्रहरीले सार्वजनिक गरेको हो । मल्ललाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मुद्दामा ७ दिन को म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...