काठमाडाैँ । पोखरामा महिलाको हत्या गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरि बुधबार सार्बजनिक गरेको छ ।
 

बैशाख ६ गते बिहान फेवातालको बीच भागमा रहेको बाराही मन्दिर भन्दा पारि पट्टि पोखरा महानगरपालिका वडा नं २२ चिसापानी जंगल तल फेवातालको किनारमा खोटाङ  जिल्ला दिप्रुङ चुईचुम्मा गा. पा वडा नं ०१ घर भई हाल  कास्की जिल्ला पोखरा म.न.पा.वडा नं ०५ मालेपाटन बस्ने  ४४ वर्षिया  सेती माया अधिकारीको शव फेवातालमा तैरिरहेको अवस्थामा  भेटिएको थियो । अनुसन्धान गर्दै जादा अधिकारीको हत्या गरेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा  कास्की जिल्ला पोखरा म.न.पा.वडा नं  १८ खपौदी घर भई हाल वडा नं ०६ लेकसाईड बस्ने ३६ वर्षको सन्तोष जलारी र निजको छोरा १८ वर्षको साजन जलारी रहेका छन् ।  

पक्राउ परेका दुबैलाई ज्यान सम्बन्धी कसूर अन्तर्गत कर्तव्य ज्यान मुद्दामा सम्मानित कास्की जिल्ला अदालतबाट  ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की जिल्लाका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...