काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको आर्थिक वृद्धि सन्तोषजनक नै रहेको बताएका छन् । बुधबार नेपाल चार्टड् एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले गत वर्षको ५ दशमलब ८ रहँदा यस वर्षको ५ दशमलब ५ प्रतिशतको आर्थिक वृद्धि सन्तोषजनक नै मान्नुपर्ने बताएका हुन् ।

उनले विश्वबजारमा देखिएको इन्धनको मूल्यवृद्धिको असर नेपालको अर्थतन्त्रमा देखिएको धारणा राखे । अहिलेको अवस्थामा बाह्य क्षेत्र नै चुनौतीपूर्ण कुरा भएको उनले बताए । उनले करिब दुई अर्बको निर्यातले २१ अर्बको आयातलाई धान्न नसक्ने भन्दै इम्पोर्ट धान्ने रेमिट्यान्सबाट भएको तर अहिले रेमिट्यान्स सस्टेनेबल नरहेको तर्क गरे ।

गभर्नर अधिकारीले रेमिट्यान्सलाई औपचारिक बनाउन खोज्दा पनि सम्भव नहुने देखिएको बताए । उनले आयात गरेका केही सामाग्रीहरू नेपालमा नै प्रयोग नहुने अवस्था अहिलेपनि देखिएको भन्दै त्यसका विषयमा अनुसन्धानको आवश्यकता रहेको धारणा राखे । त्यस्तै, उनले सामान नै नआइकन पनि भुक्तानी गरिएको हो कि भन्ने आशंका पनि देखिएको उल्लेख गरे ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...