काठमाडाैँ । नेपाली कांग्रेसले विराटनगरका उद्योगी व्यवसायीसँग चुनावी रणनीति र तयारी बारे छलफल गरेको छ ।

कांग्रेसबाट विराटनगर महानगरपालिकाका प्रमुखका उम्मेदवार नागेश कोइरालाले चुनावी अवस्था र विराटनगरको आर्थिक तथा औद्योगिक विकासका विषयमा केन्द्रित भई छलफल गरिएको बताए । उनले करको दर घटाइ  दायरा फराकिलो बनाउने विषयमा सुझाव माग्नुभएको थियो ।
करको दायरा बढाउने र कर घटाउने विषयमा आफू प्रष्ट भएको भन्दै उनले भने, “म भ्रष्टाचार गर्दिन । अरुलाई पनि गर्न दिन्न ।”

कोइरालाले सडक निर्माण, शुद्ध पिउने पानीको व्यवस्था र विराटनगरको दीर्घकालीन सरसफाइ आफ्नो प्राथमिकताका कार्यक्रम रहेको उल्लेख गरे । कर वृद्धिले मुलुकको अर्थतन्त्रमा पारेको समस्याबारे उद्योगी एवं व्यवसायीले आ–आफ्नो धारणा राखेका थिए । छलफल कार्यक्रममा कांग्रेस नेता डा.शेखर कोइराला, विमलेन्द्र निधि र महेश आचार्य पनि सहभागी थिए । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...