काठमाडाैँ । इन्टरनेट सेवा अर्को साताबाट देशभर बन्द हुन सक्ने इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले चेतावनी दिएको छ। सरकारले विदेशी मुद्रा कारोबारमा लगाएको रोकका कारण सेवा बन्द हुन सक्ने बताए ।
इन्टरनेट सेवा प्रदायकहरूले नेपालमा (आइस्पान) का अनुसार ६ महिनादेखि ब्यान्डविथ खरिद गरेको भुक्तानी गर्न सकिएको छैन। बाहिरबाट ब्यान्डविथ खरिद गरेर इन्टरनेट सेवा दिइरहेका छन् । उनीहरूले विदेशीसँग खरिद गरेर प्रयोग गरेको ब्यान्डविथकोे भुक्तानी विदेशी मुद्रामा दिनुपर्छ। तर सरकारले भुक्तानी गर्न विदेशी मुद्रा दिन रोक लगाएपछि सेवा बन्द हुने अवस्थामा आएको बताए।
शनिबार आइस्पानले जारी गरेको प्रेस विज्ञप्तिअनुसार आइएसपीका भारतीय अपस्ट्रिम प्रदायक सेवा टाटा, एयरटेल, सिफीलाई भुक्तानी गर्न विदेशी मुद्रा सिफारिसमा सञ्चार मन्त्रालयले पूर्ण रोक लगाएको छ। टेलिभिजन सेवा प्रदायकलाई पनि विदेशी मुद्रा सिफारिसमा सहजीकरण नगरेकोले टीभी सेवा पनि बन्द हुने स्थितिमा पुगेको विज्ञप्तिमा उल्लेख छ ।
आइस्पान अध्यक्ष सुधीर पराजुलीले इन्टरनेट सेवा बन्द हुने अवस्थामा पुगेको भन्दै सञ्चार मन्त्रालय नियतवश अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्न लागेको आरोप लगाए। आइस्पानले सरकारले इन्टरनेट सेवामा ४५ प्रतिशतभन्दा बढी कर लगाएको आरोप पनि लगाएको छ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...