काठमाडाैँ । अहिले देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको छ ।
छिमेकी भारतको बिहारबाट बनेको न्यून चापीय प्रणाली, स्थानीय वायु र पश्चिमी वायुको प्रभावले अहिले काठमाडाैँ उपत्यकासहित देशका धेरैजसो पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज विशेषगरी प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका धेरैजसो पहाडी क्षेत्र र तराईका केही भागमा पानी पर्ने महाशाखाले जनाएको छ । यो हप्तादेखि पानी पर्ने क्रम बढ्दै जाने र तापक्रम घट्ने मौसमविद्ले बताएका छन् ।
अहिले देशका केही ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्दा जनजीवन प्रभावित भएको छ । सरकारले सावधानी अपनाउन आग्रह गरेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...