काठमाडाैँ । थप सात वटा विमानस्थल आज देखि दैनिक १८ घण्टा सञ्चालनमा आउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रिकालिन उडान गर्न मिल्ने गरी चन्द्रगढी, जनकपुर, विराटनगर, सिमर, नेपालगञ्ज, भैरहवा र धनगढी विमानस्थललाई दैनिक १८ घण्टा सञ्चालनमा अनुमति दिएको छ । 

यी विमानस्थल हालसम्म १२ घण्टा मात्र सञ्चालन हुँदै आएको थियो अब, बिहान ६ देखि राति १२ बजे गरी १८ घण्टा सम्म सञ्चालन हुने भएका हुन् । विमानस्थलमा भएको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहिबारदेखि तराईका विमानस्थल रातिसम्म सञ्चालन हुदाँ यात्रुलाई पनि सहज हुने भएका छन् । 

प्राधिकरणको यो निर्णयले विमानस्थलको भएको उडान चापलाई व्यवस्थापन हुने, जुरमुराउँदै गरेको पर्यटन क्षेत्रमा राहत पुग्ने, यात्रुले भोग्दै आएको सास्ती हट्ने र देशको आर्थिक गतिविधि राम्रो हुने विश्वास लिएका छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...