काठमाडौँ ।  मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ देखि लागू हुने गरी शनिबार र आइतबार हप्तामा २ दिन बिदा दिने  सरकारले  निर्णय गरेको छ ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले हप्तामा २ दिन विदा दिने निर्णय भएको बताए ।

“हाललाई परीक्षणको रूपमा २०७९ जेठ १ देखि लागु हुनेगरी बिहान ९ः३० देखि साँझ ५ः३० सम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार सातामा २ दिन सार्वजनिक बिदा दिने,” निर्णयमा भनिएको छ ।

सातामा एक दिन बिदा थप्दा इन्धनमा हुने करोडौँ रुपैयाँ घाटा कम हुनुका साथै महँगीमा इन्धन आयातसमेत घट्ने भन्दै आयल निगमले आइतबार पनि बिदा दिने प्रस्ताव गरेको थियो । सोही प्रस्तावमाथि छलफल गरी मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...