काठमाडाैँ । काठमाडौँका धारामा मेलम्चीको खानेपानी वितरण आज देखि फेरी सुरु भएको छ । यस अघि पनि पानी वितरण सुरु गरिए पनि वर्षायाममा आएको बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको संरचनामा क्षति पुगेपछि वितरण बन्द भएको थियो ।
मन्त्री उमाकन्त चौधरीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको नयाँ बानेश्वरस्थित शाखा कार्यालयबाट आइतबार एक कार्यक्रमबीच धारामा पानी वितरण शुभारम्भ गरे । मन्त्री चौधरीले गत चैत २९ गते आयोजनाको हेडवर्क्सबाट सुरुङतर्फ पानी पथान्तरण सुरुवात गरेका थिए ।
त्यसपछि सुन्दरीजल पानी प्रशोधन केन्द्रबाट शुद्ध गरी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका १० वटा रिजर्भवेर ट्याङ्कीमा पठाइएको थियो । अहिले घरघरमा पाइपमार्फत धारामा पानी पठाउन सुरु गरिएको हो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...