काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १५ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ३ हजार ५४७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
२ हजार ८३ जनाको पीसीआर र १ हजार ४ सय ६४ जनाको एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । अहिले देशभर २ सय ९८ जना सक्रिय संक्रमित छन्।
३२ जना संक्रमित निको समेत भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...