काठमाडाैँ । आज बिहान पोखराको फेवातालमा एक महिला मृत अवस्थामा भेटिएकी छिन्।
अन्दाजी ४०/४५ वर्ष उमेरको जस्तो देखिने ती महिलाको शरीरमा कुनै चोट पटक र दाग नदेखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले जानकारी दिए । फेवातालको बीच भागमा रहेको बाराही मन्दिर भन्दा पारि पट्टि पोखरा महानगरपालिका वडा नं .२२ चिसापानी जंगल तल फेवातालको किनारमा उनको शव भेटिएको प्रहरीले जानकारी दिए ।
महिलाको शव एक दिन अघि मृत्यु भएको जस्तो देखिने उनकाे शव पानीले ढाडिएको अवस्थामा देखिएको बताए ।
वर्ण कल्साउँदो, मंगोलियन अनुहार, मोटो शरिर, बाँया हातको साईली औंलामा रातो पत्थर सहितको पहेँलो औंठी लगाएकी रातो चुरा लगाएकी, उचाई ५ फिट, खैरो रंगको टिसर्ट, नीलो सुरुवाल लगाएकी ती महिलाको पहिचानका लागि प्रहरीले आज फोटो पनि सार्वजनिक गरेको छ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...