काठमाडाैँ । नेपाल व्यवस्थापन संघको नवनिर्वाचितकार्य समितिले औपचारिक रुपमा कार्यभार सम्हालेको छ । संघको नयाँ नेतृत्वमा निर्वाचित उपेन्द्र प्रसाद पौड्याल लगाएत अन्य १६ जनालाइ एक समारोहका विच निवर्तमान सभापती किरण कुमार श्रेष्ठले औपचारिक रुपमा पदभार हस्तान्तरण गरे ।
पद हस्तान्तरण कार्यक्रममा संघको २० औं प्रबन्ध समितिको निर्वाचन मण्डका प्रमुख गुण राजभट्टले नवनिर्वाचित पदाधिकारी र कार्यकारी सदस्यहरु लाई शपथ ग्रहण गरेका थिए । भट्टले नवनिर्वाचित पदाधिकारी भएको प्रमाण पत्रसमेत हस्तान्तरण गरेका थिए साथै प्रत्येक दुइ बर्षमा नयाँ कार्य समिति चयन हुने प्रावधान रहेको छ । सोही बमोजिम हालका राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको कार्यकाल समाप्त भएर नबिल बैंक लिमिटेका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले संघको नयाँ नेतृत्व सम्हाल्नु भयाे ।
याे संघ ४१ वर्ष इतिहास वोकेको संस्था हो । यस संस्था मुलुकको नीतिगतहमा योगदान पुर्याएका कुशल व्यवस्थापक, प्रशासक र विभिन्न क्षेत्रमा योगदान पुरयाउदै उपलब्धि प्रतिष्ठ व्यक्तिहरु सदस्यका रुपमा आवद्ध छन् । नेपालका व्यवस्थापकहरुको छाता संस्थाका रुपमा चार दशकको यात्रापार गरी सकेको संघले नेपाल सरकारको बजेट तथाकार्यक्रम, पूर्ब बजेट छलफल, मौद्रिक नीति लगाएतका गतिविधिहरु मार्फत नेपाल सरकारलाई विज्ञ समूहको रुपमा योगदान पुरयाउदै आएको छ । यसैगरी संघले सिइओ सम्मेलन, राष्ट्रिय व्यवस्थापन सम्मेलन र व्यवस्थापन अवार्ड कार्यक्रमहरु सञ्चालन गर्दे आएको छ । संघले व्यवस्थापन विकास क्षेत्रकाे रुपमा व्यवस्थापकिय शिप, नवप्रवर्तनका गतिविधिहरु तथा वहुआयामिक तालिमहरु सञ्चालन गर्दे आएको छ ।
नवनिर्वाचित पदाधिकारीहरु
प्रथम उपसभापतिमा : सुरेन्द्र कुमार गोयल
द्वितीय उपसभापतिमा : आश्मी राणा
महासचिवमा : मोहन राजओझा
कोषाध्यक्षमा : हेमाकुमारी अधिकारी
संघको कार्यकारी सदस्यहरुमा
अनु जोशीश्रेष्ठ,आशा राणा अधिकारी, ईन्द्र कुमार श्रेष्ठ, जितेन्द्र धिताल, कविराजअधिकारी, कृष्ण वहादुर अधिकारी, कृष्ण प्रसाद शर्मा, मनिष झा, मनोज कुमार ज्ञवाली, मिलन गुरुङ, प्रद्युमनपोखरेल र सुमन शर्मा निर्वाचित भएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...