पाँचथर फिदिम–१ का ६५ वर्षीय गोपालप्रकाश ढुङ्गानाको ढिस्कोले पुर्दा मृत्यु भएको हो । फिदिम नगरपालिका–१ बुद्धमार्गका मदन पन्धाकको घडेरीमा घर निर्माणका लागि शुभसाइत गर्ने क्रममा आज बिहान ८ बजे ढुङ्गानालाई माटोको ढिस्को र सेफ्टी ट्याङ्की झरेर पुरेको थियो । दुई वटा जेसिबी मेसिनको सहायतामा करिब ५० मिनेटपछि ढुङ्गानाको उद्धार गरी जिल्ला अस्पताल पु¥याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटनामा घर निर्माण गर्न लागेका मदनकी भतिजी साहिसा पन्धाककोसमेत शरीरको आधा भाग ढिस्कोले पुरेको थियो । उनलाई सुरक्षाकर्मीको सहयोगमा स्थानीयवासीले उद्धार गरेका थिए ।

मृतक ढुङ्गाना सेवानिवृत्त शिक्षक िथए । उनले लामो समय फिदिम नगरपालिका–४ स्थित सुखबोध माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो । ढुङ्गाना नेकपा माओवादी केन्द्र प्रदेश नं १ सल्लाहकार कमिटीका सदस्यसमेत  िथए । मृतकलाई जिल्ला अस्पतालमा शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...