काठमाडौँ । पोखरा महानगरपालिका वडा न ५ र १८ को संगम स्थल लब्ली डाडाँको नजीकै पोखरामानै रहेर पनि एउटा टोल सिमाना मार्गमा गाडी हिड्ने बाटो बाट विमुख रहनु परेको थियो  । बाटोकै कारण कोही विरामी पर्दा पनि  हिडे्र बोकेर अस्पताल लैजानु पर्ने बाध्यताका कारण स्थानियहरुको ट्रयाक खोल्नु पर्ने माग धेरै अगाडी देखी राखे पनि पुरा भएको थिएन  । 

जहाँ २०० घर धुरी र ४०० बढी मानीसको बसोबास  रहेको स्थानिय पार्वती पौडेलले बताइन । आज स्थानियबासि जग्गा धनी गणेश प्रसाद भटराईको जग्गाबाट बाटोको  ट्रयाक  खोलिएको छ । स्थानिय बासिहरु वर्षौ देखीको माग पुरा भएकोमा  खुशी व्यक्त गरेका छन । गणेस प्रसाद भटराइले दीएको जग्गामा युवा व्यवसायी तथा समाजसेवी युवराज खतिवडाले ट्रयाक खोल्नको लागी निशुल्क आफ्नो वाइ यु के कन्ट्रक्सन बाट डोजर उपल्ब्ध गराएर ट्रयाक खोलि दीएका छन।

ट्रयाक खोल्ने क्रममा बोल्दै खतिवडाले जनताको दु:खमा जहीले पनि मलम लगाउन तयार भएको बताउदै उक्त बाटोको ढलानलाई एक लाख सहयोग गर्ने पनि वचन दिएका थिए ।  खतिवडाले यति खेर पोखरा महानगरपालिका वडा न १८ सेदीमा वाइ युके सुपरमार्केट संचालनमा ल्याएका छन्,जहाँ सटरहरु धमाधम बुकीङ भैरहेको छ ।   

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...