काठमाडौँ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ हेप्का गाउँमा आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य शिविरबाट ३६० नागरिक लाभान्वित भएका छन् । 

आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा सञ्चालित शिविरमा २११ महिला र १४९ पुरुषले सेवा लिएका थिए । सेवा लिनेमा १०१ ज्येष्ठ नागरिक समेत रहेका आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख कृष्णचन्द्र जोशीले जानकारी दिए ।  

सदरमुकाम सिमकोटसम्म आउन नसक्नेले सहजै सेवा लिन सकेको बताइएको छ । शिविरमा ग्यास्टिक, रुघाखोकी, दम, ज्वरो, पखाला, उच्च रक्तचावलगायत बिरामीको उपचार गरिनुका साथै औषधिसमेत वितरण गरिएको थियो । सिमकोट र सर्केगाड गाउँपालिकाका सेवाग्राहीले पनि सेवा लिएका थिए ।  

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...