काठमाडौँ । पोखरा महानगरले  मापदण्ड मिचेर बनाएका संरचनामा डोजर चलाएको छ ।

पोखरा महानगरले सडक क्षेत्रको  मापदण्ड मिचेर बनाएका संरचनामा डोजर लगाएको हो । महानगरले आइतबार नगर प्रहरी र नेपाल प्रहरीको सहयोगमा बिरौटा चोकदेखि तीनकुनेसम्म  मापदण्ड मिचेर बनाइएका संरचनामा डोजर लगाएको हो ।

मापदण्ड मिचेर बनाएका फिस्टेल हाउजिङका ५ घरका पर्खाल, गेट भाडा र कार्यालय भत्काएको हो । यसअघि पनि महानगरले त्यही सडक खण्डमा मापदण्ड मिचेर बनाएका दर्जन घरहरु भत्काइसकेको थियो ।

महानगरले सुरुमा २६ मिटर चौडा सडक बनाउने योजना भएपनि उक्त मापदण्डमा ५६ घर भत्किने भएपछि घटाएर २४ मिटरको सडक बनाइने भएको हो । उक्त मापदण्डमा २१ घरले  मापदण्ड विपरीत संरचना बनाएको पाइएको छ ।

मापदण्डभित्र परेको संरचनालाई पटक पटक सूचना निकालेर हटाउन आग्रह गर्दासमेत नहटाएपछि महानगरले एस्काभेटर प्रयोग गरी भत्काएको हो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...