काठमाडौँ । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले बढेर रु एक लाख ९०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख ३०० मा कारोबार भएको थियो ।

 नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ४०० छ । यसको मूल्य बिहीबार प्रतितोला रु ९९ हजार ८०० थियो । त्यस्तै  चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले बढेर रु एक हजार ४०० पुगेको महासङ्घले जनाएको छ ।

 अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति एक हजार ९५७ डलर आसपास कारोबार भइरहेको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...