काठमाडौँ – सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट मुलुकको सूचीमा नेपाल परेको छ । ट्राभल गाइडबुक लोन्ली प्लानेटको उत्कृष्ट गन्तव्यहरूको सूचीमा नेपाल पनि परेको हो ।

सूचीको पहिलो नम्बरमा कुक आइल्याण्ड, दोस्रोमा नर्वे, तेस्रोमा मोरिसस, चौथोमा बेलिज, पाँचौमा स्लोभानिया, छैटौँमा एंगुइला, सातौँमा ओमान, आठौँमा नेपाल, नवौँमा मलावी र दसौँमा इजिप्ट विश्वको उत्कृष्ट गन्त्वय रहेका छन् । 

कोरोना महामारीका कारण नेपालको पर्यटन व्यवसाय संकटमा परेको बेला लोन्ली प्लानेटको सूचीमा नेपाल उत्कृष्ट १० भित्र राखेको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...