पृथ्वीको गर्भभित्र मानिसका लागि जंगल र खेत थियो, त्यहीं नागहरू पनि बस्थे । पृथ्वीको बाहिर चाही सपेरा र जादुगर मानिसहरू बस्थे । आवश्यक परेको बेलामा ती नागहरूले मानव चोला धारण गर्दथे र अरु बेला चाही नाग भएरै जीवन बिताउथे । उनीहरूको राज्यमा दुर्लभ गरगहना र अति महंगा खनिज वस्तु भएकाले उनीहरू धनी र वैभवशाली भएर बसेका थिए । ती नागहरू समय समयमा आफ्नो राज्य र बासस्थान परिवर्तन गरी रहन्थे । पृथ्वीको सतहमा मानिससँग पनि बस्तथे । उनीहरूको मुख्य दुष्मन भनेको गरुड थियो । गरुड भनेको ठूलो पंक्षी हो जो धेरै माथिको आकाशमा उड्छ र सूर्य किरणमा रमाउछ ।
जब गरुड भोकाउंथे उनीहरूले नागलाई समाउथे र उडाएर आकाशमा लगी खान्थे । गरुडका खुट्टाले नागको टाउको समाउथ्यो । नाग यति लामो थियो कि उसका शरीर र पुच्छरले पिपलको बोटलाई पुरै बेरेर छोप्थ्यो तर गरुडको बल पनि यति थियो कि त्यो पिपलको बोट नै उखालेर जरा सहित आकाशमा उडाएर लग्थ्यो । जब गरुडले नागलाई हतार हतार निल्यो, तब गरुडले सम्झियो कि त्यो पिपलको बोटले भिक्षु, साधु र सन्तलाई आश्रय दिएको थियो र त्यही झुप्रोमा धेरै भिक्षु, साधु, र सन्तहरू बस्तथे । त्यो नागले महशुस गयो कि त्यो पाप कर्मले उसलाई दुर्भाग्य निम्त्याउँछ । त्यसपछि ऊ त्यो आश्रममा फर्कियो र उसले भिक्षुहरूलाई भन्यो कि मेरो खराब कर्मले मलाई बिरामी नबनाओस, मैले भिक्षु, साधु सन्तलाई हानी पुयाउने उद्देश्यले गरेको होइन । गरुडले उनीहरूलाई भन्यो कि नागको शक्ति मलाई प्राप्त भएकोले म तपाईहरूलाई पुरस्कृत गर्न गइरहेको छ ।
तर त्यो आश्रमका भिक्षुलाई कुनै वर वा पुरस्कार माग्नु पर्ने कुनै कारण नै छैन । गरुडले त्यो पुरस्कार ब्राह्मण अलम्बयानलाई दिए । अलम्बयानले त्यो वर (पुरस्कार) शक्तिशाली नागहरूलाई नियन्त्रण गर्न प्रयोग गन्यो । यसबाट उसले धेरै धन र सुवास प्राप्त गन्यो । ब्राह्मण अलम्वयानले त्यो आश्रमको सेवा छोड्यो र जंगल वरपर घुम्न थाल्यो र अन्तिममा यमुना नदीमा पुग्यो । त्यहाँ उसले युवानागहरूलाई आक्रमण गयो ती नागसंग बहुमूल्य गरगहना थिए । ती गहना जो संग हुन्थ्यो उसले जे चितायो त्यही पुग्दथ्यो । तुरुन्त नै उसले गरुडले दिएको जादुगरी वरलाई प्रयोग गन्यो । उनीहरू डरले काम्न थाले र हिरामोती छोडी, तुरुन्त भागेर पानी मुनि पुगे । अलम्बयान त्यो छरिएका हिरामोती टिपेर अहोभाग्य सम्झी आनन्दित भयो । उसले सबै गरगहना मणि बटुलेर राख्यो । ऊ जादुगरी वर पाएर पनि नजान्ने जस्तै भई जंगलमा घुम्न थाल्यो ।
एकैछिन पछि अलम्वयानले शिकारी दाउरेलाई भेट्यो । त्यो दाउरेको छोरा जंगलका जनावरहरू पक्रिएर आफ्नो जीविकोपार्जन गर्दथ्यो । जब सिकारीले अलम्बयानसँग गरगहना भएको पत्तो पायो उसमा लोभ बढ्यो र नराम्रो भावना पलायो, उसले सराकी गर्न थाल्यो । धेरै पहिला पनि एक पटक शिकारी दाउरेले गरगहना प्राप्त गर्ने अवसर पाएको थियो तर उसले त्यो मौका त्यसै गुमाएको थियो । त्यो घटना उसले कलकली सम्झियो । उसले त्यो दिन जंगलमा सोच विचारमै बितायो । त्यसको भोलीपल्ट विहान नागकन्याको सुमधुर संगीत र उनीहरूको हाँसो सन्यो । नाग राजकुमारसंग भएको गरगहना थाहा पाए पछि दाउरे शिकारीमा ती गरगहना प्राप्त गर्ने चाहना पलायो, त्यस पछि उसले राजकुमारलाई पछ्याउन थाल्यो । त्यो थाहा पाएर नाग राजकुमारले राम्रो कपडामा बेरिएर एउटा धमिराको पहाड बनाएर बसे । जब दाउरेले उसलाई सोध्यो । अनि राजकुमारले भने कि मेरो नाम भुरीहत्त हो म नागहरूको राजकुमार है । ती नाग राजकुमारका प्रज्ञा र असल कर्मका कारण उनी भगवान भै भएकाले उनको नाम भरीदत्त रहेको थियो । अझ बढी असल कर्म गर्नका लागि उनले आफ्नो राजदरबार र श्रीमतीलाई छोडेर सन्यास धारण गरेको कुरा ती नाग राजकुमारले त्यो दाउरेलाई भने । उनले त्यो भत्किएको धमिरो लागेको पहाड मानिसको संसारमा प्राप्त गरे उनीले भने ूम हरेक दिन बेरिएर त्यही धमिरोको पहाडमा निश्चल भै रहने गरेको छु । कसैलाई इच्छा भए मेरो काँचुली, छाला र हाड मासु र रगत लैजान सक्छ । हरेक दिन बिहानै दश जना नागकन्याहरू र सुसारेहरू मलाई आफ्नो नाग दरबारमा लैजानका लागि आउँछन् । भुरीदत्तले आफ्नो ध्यान गर्ने ठाउँ कसैलाई पनि बताउदैनथे तापनि उक्त गोप्य करा भन्न उपयुक्त लागेर उनले दाउरे शिकारीलाई त्यो स्थान बताए । त्यो दाउरे (शिकारी) र उनका छोरालाई नागराज्य हेर्नका लागि निम्ता दिए । साथै उनले तिनलाई त्यो राज्यको सुख भोग गर्नुहोस् भने । ती दाउरेले उनको निम्ता स्वीकारे र नाग राज्यको भ्रमण गरे । त्यहाँ नागहरूले ठूलो सुविधायुक्त र बिलासपूर्ण जीवन बिताएको देखे । उनले केही वर्ष नागराज्यमा बसेर सुख सुविधा प्राप्त गरे पछि त्यो शिकारीले पुन मानिसको संसारमै फर्कन चाहूयो । भुरीदत्तले उनलाई धेरै धन सम्पत्ति तथा मणिमाणिक्यादि गरगहना दिने बचन दिए । जसले ती गरगहना र मणि प्राप्त गर्छ उसले जे चाहयो त्यति लिन सक्दथ्यो तर त्यो दाउरे शिकारीले भुरीदत्तले प्रस्ताव गरेजति सबै लिन इन्कार गरे । उल्टै ती दाउरे शिकारीले भने कि म पनि भुरीदत्त जस्तै भिक्षु सन्यासी बन्न चाहन्छु । त्यसपछि ती दाउरे शिकारी र उनका छोरा आफ्नै काममा फर्किए । जब दाउरे शिकारीले आफू भिक्षु सन्यासी बन्छु र तिमीलाई छोड्छु भनेर उनकी पत्नीलाई भने उनकी पत्नीले उनलाई रिसाएर भनिन् कि तपाई मसगै बस्नैपर्छ र परिवारलाई सहयोग गर्नुपर्छ । श्रीमतीको यो आग्रहपछि उनी पहिला जस्तै शिकारी बनेर जीवन बिताउन थाले ।
जब दाउरे शिकारीले ब्राह्मण अलम्बयानको हातमा जादूको गहना देखे । भुरीदत्तले दिएको त्यो जादुको गहना नलिएकोमा मनमनै पश्चात्ताप गरे । अब उनले त्यो गहना पाए लिने निश्चय गरे । दाउरे शिकारीले अलम्बयनलाई यो गहना ज्यादै खतरा कुरा हो भनेर बुझाउने कोशिस गर्छु भन्ने विचार गरे । फेरि उनले मन मनै सोचे त्यो लोभी ब्राह्मणले मेरो करा नमान पनि सक्छ त्यसपछि दाउरे शिकारीले नाग राजकुमारसंग के आश कुराको छ भनेर बुझ्ने कोशिस गरे । अलम्बयानको उद्देश्य शक्तिशाली नागलाई नियन्त्रणमा लिनु थियो र जसबाट उसको नाम र कीर्तिको सुवास यत्रतत्र फैलियोस् भन्ने चाहन्थे । यसै बीचमा अलम्बयानले जसले त्यो सर्पको विषयमा सूचना दिन्छ उसलाई यो सबै हिरामोती गरगहना दिने कबोल सहितको घोषणा गरे अलम्बयानसंग ती नागको शक्तिको साक्षात्कार भएको थिएन ।
उता शिकारीले पनि कसरी त्यो धन सम्पत्ति प्राप्त गर्ने भन्ने एउटा जुक्ति निकाल्यो जब उसले नागको राजकुमार अन्तरध्यान भएको ठाउं बारे अलम्बयानलाई भन्न लागेका थिए तब उनका छोराले त्यसरी विश्वास गरेर सुनाइएको गोप्य कुरा कसैलाई पनि नभन्नु भनेको छ भनेर सम्झाए । उनले एक वर्ष सम्म हामीलाई नाग राज्यमा बसाएका थिए । उसले आफ्ना बाबुलाई नाग राजकुमारको जानकारी चाहने हो भने त्यो मानिसले आफै थाहा पाए भइहाल्यो नि । किन त्यस्तो सुराकी गर्नु पन्यो २ आदि करा भनेर आफ्ना बाबुलाई सम्झायो । उनलाई निश्चय थियो कि नाग राजकुमारले कुनै दिन त्यो धन प्रदान गर्नु हुनेछ ।
तर त्यो लोभी शिकारीले आफ्नो छोराका कुरा सुनेन । उसले अलम्बयानलाई डोन्याउँदै भुरीदत्त बेरिएर ध्यान बसेको त्यो धमिराको पहाड तिर लिएर गए । त्यो अलम्बयान नागलाई समाउन चिन्तित भयो । अलम्बयानले उसलाई पुरस्कार धमायो । अलम्बयानले पुरस्कार स्वरूप त्यो 'जादुको गहना' हातमा राखिदिन
थ्यग कभलत
लागिरहेको के थियो, त्यो लोभी शिकारीले तुरुन्त त्यो 'जादुको गहना' थुतेर लिने कोशिस गन्यो । थुतेर लिँदा त्यो जादुको गहना हातको औलाबाट खसेर चिरिएको भुइ भित्र पस्यो र हरायो । त्यो जादुको गहना पुनः नाग राज्यमै पुग्यो । त्यो मूर्ख शिकारी त्यही पापका कारण रुदै कराउँदै गयो ।
अलम्बयान उसका कुकर्म साथ भुरीदत्त कहाँ गयो र त्यो जादुगरी वर फलाक्दै र पंखा हम्केरै उसले सजिलै ती नाग राजकुमार बोधिसत्वलाई नियन्त्रणमा लियो । ती भरीदत्त बोधिसत्वले भने, 'तपाईं मेरो छाला, मासु, हड्डी र रगत लैजान सक्नु हुन्छ ।' अलम्बयानले त्यसपछि भुरीदत्तलाई एउटा ढाकीमा कोचे । नाग राजकुमार भुरीदत्तले ज्यादै ठूलो पीडा सहेर त्यो ब्राह्मण प्रति नरिसाइकन आफै आफ्नो शरीर लैजान स्वीकृत दिए
अलम्बयानले आफ्ना कैदी भरीदत्तलाई नजिकैको गाउंमा लिएर गए र उसलाई नाच्न लगाए । कर यातनाको डरले भरीदत्तले विभिन्न रंग र रुपमा नाचे । अलम्बयानले उनलाई जबरजस्ती धुवा लगाउँथे र कहिले जबरजस्ती चिसो पानी खन्याइदिन्थे । यो देखेर गाउँलेहरू छक्क पर्थे । बोधिसत्वको यो प्रतिभाबाट त्यो अलम्बयान ब्राह्मणले धेरै लाभ प्राप्त गर्यो । त्यो नागको नाच हेर्न मानिसहरू अलम्बयानलाई पैसा दिन्थे । उसले त्यो नाग लिएर गाउँ गाउँ गएर धेरै पैसा जम्मा गयो । बनारस नपुगुन्जेल उसले धेरै नाम र दाम कमायों । ।
त्यहीबेला भुरीदत्तलाई आफ्नी श्रीमती र आमालाई धेरै दिनदेखि गुमाउनु परेकोले धेरै नियास्रो लागेकाले उनका भाइलाई खोज्न पठाए । एउटा भाइले देवलोकमा गएर खोजे भने अर्कोले हिमवतखण्डका जंगलमा गई खोजे । जेठो दाइले चाही मनुष्य लोकमा पुगेर यत्रतत्र खोजे जेठा दाजुले चाही सन्यासीको पहिरनमा भुरिदत्तकी प्रिय बहिनीलाई साथै लिएर खोज्नु भयो ।
जेठा दाजु सुदासन र भुरीदत्तकी बहिनी मनुष्य लोकमा खोज्दै खोज्दै बनारस पगे जहां उनका मामा राजा थिए । अरु सर्वसाधारण मानिस जस्तै उनीहरू पनि ठूलो सपको नाच हेर्न बजार गए । ढाकीबाट जब भुरीदत्तले टाउको उठाए र उनले त्यो भीडमा आफ्ना दाजुलाई देखे । उनले आफ्ना दाजुका खुट्टामा ढोगे । उनी रोए र उनका दाजु सुदासन पनि रोए । अलम्बयानले टाढाबाट त्यो दृश्य हेरिरहेका थिए । उनलाई लाग्यो कि त्यो सर्पले त्यो सन्यासीलाई टोक्यो भने त्यो सर्प विपरहित हुन्छ ।
सुदासनले घमण्डपूर्वक भन्नुभयो कि कुनै सर्पको विषले वा अन्य प्राणीको विषले उनलाई हानी गर्दैन यो उद्घोषले अलम्बयान रिसाएर सुदासनलाई आफ्नो शक्ति प्रदर्शन गर्न चुनौति दिनुभयो ती सन्यासीले आफ्नी बहिनीलाई भन्नु भयो, यी भ्यागुतोको रुपमा छिन् । उनीसँग सबैभन्दा बढी विषालु थुक छ । उनले आफ्नी बहिनीलाई हातमा टोक्न र तीन थोपा विष खसाउन अनुरोध गरे । सुदासनले भने कसले यी विषका थोपाहरू मेरो पाखुरामा हेर्न चाहन्छ रु जोसँग यस्तो शक्ति हुन्छ उ बनारसका पूरै शहरमा हावा जस्तै वहन सक्छ । म हजुरहरूलाई देखाउ कि रु सुदासनले भन्नु भयो ।
अलम्बयानले पछाडि फर्केर हेरे । मानिसहरू डरले कराइरहेका थिए । केवल राजा मात्र शान्तपूर्वक बसेका थिए । उनले सोधे यो विष कसरी नष्ट गर्ने द्दद्ध सुदासनले भन्नु भयो “यसको एउटै तरिका छ तीनवटा गहिरा खाल्टा खनेर एउटामा लागु औषधिले भनु, अर्कोमा गाईको गोबर भनु र तेस्रो खाल्डोमा औषधिले भनुं । जसअनुसार ती खाल्डो भरिए पछि उनले तीन थोपा विष तीनवटा प्वालमा खसालिदिए । त्यहां तुरुन्तै विस्फोट भयो आकाश र हावा भरी चट्याङ जस्तै गरी सारा शहर नै थर्किएको आवाज आयो । अलम्बयानले यस्तो देखेर डरले निलो कालो हुँदै भन्छन् कि, 'म नागा राजकुमारलाई मुक्त गर्छु ।'
त्यसपछि भरीदत्त ढाकीबाट बाहिर निस्कन्छन् । उनी प्रकाशको रुपमा विजयको भीडमा उभिन्छन् । त्यो पापी ब्राह्मण अलम्बयान लुसुक्क घसेर भाग्छ पुनः कहिलै देखिदैन ।
त्यसपछि ती दुई दाजुभाइ भान्जाको रुपमा बनारसका राजा भए । उनी नाग राज्यमा आइपुग्नु अगाडि नै उनको भव्य समारोह बीच राज्यारोहण गरियो । यसरी जीवनको अन्त्यमा भुरीदत्त उनका उत्तराधिकारी तयार गरी विजयी नागहरूलाई राज्य दिई स्वर्गको बाटो लागे ।
(मौलिकः भुरीदत्त जातक, कथा नं. ५४३)
भावानुवादः बुद्धशरण
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...