मधुरकवि उपाध्याय

जारमा एउटा घर बिक्रीमा छ ! किन्नी हो भिनाजु ? मेरो आफन्ती एक दलालले एकाबिहानै फोन गरेर बताए । विगत केही समयदेखि मलाई पनि यस व्यवसायमा रुचि बढेको थियो । रुचि बढेको मात्र के भन्नु मैले सुन्धाराको धरहरा पछिको सिङ्गै बिल्डिङको बैना धरी गरिसकेको थिए ।  सस्तो मूल्यमा बजारको मूल सडककै घर किन्ने प्रस्ताव मलाई पनि राम्रै लाग्यो र भने, हेर्ने बन्दबस्त मिलाउनु न त ।  ती आफन्ती दलालले स्थान र समय मोबाइलमा म्यासेज पठाए ।

बिहान करिब ८ बजेको हुनुपर्छ । छेउकै चिया ठेलाबाट मैले एककप चिया मगाए र निरन्तर त्यो घर हेर्न थाले । बिस्तारै ठेला पसलमा विभिन्न घुइँचो हुन थाल्यो । मेरा आफन्ती दलाल पनि आइपुगे अनि खुट्टा छोउला झैँ गर्दै हात खुट्टातर्फ बढाए । मैले उनकाे टाउकोमा हात लाउँदै भने, सोचेको पुगोस् तिम्रो । पहिलो तल्लाबाट दोस्राे तल्लामा जाँदै गर्दा अचानक तल्लो तल्लाबाट कसैले बोलाएको भान भयो मलाई, लाग्यो कोही बाटो हिँड्ने मान्छे या ठेलापसलेको ग्राहक हुनुपर्छ ।

घरको तेस्रो तल्लमा पुगेर बैठक कोठामा नजर लगाउँदा, फुटेको घडी र भाँचिएको पंखा देखे मैले, मेरा आफन्ती दलालले मर्मतको काम चलिरहेको जानकारी दिए ।

छतबाट त पूरै काठमाडौँ देखिने रहेछ, उत्तरतर्फ नारनहिटी दरबार पनि देखियो । जग्गाको साँध जोडिएको । मेरा आफन्ती दलालले राजतन्त्र भैरहेको भए तपाईं त राजाको छिमेकी पो बन्नेवाला हुँदो रहेछ भनेर ध्वाँस लगाए ।

घरबाट निस्कनु परे म प्राय आफ्नै पानीको बोतल लिएर हिँड्ने गर्दछु । त्यो घर र अघिको चियाको गुलियोले गर्दा मेरो मुख सुकिरहेको थियो । कुन बेला २ लिटरको पानीको बोतल सक्काए पत्तै भएन तर जब बेस्सरी पिसाब लाग्यो बल्ल थाहा पाए ।

आफन्ती दलाल तल ठेला पसलमा पुगेर चुरोटको खिल्ली उडाउँदै रहेछन । म पिसाब फेरि धारामा हात धुन भनी धारा खोले, धारा खोल्दा त म स्थिर भए, चिसो भए । धाराबाट रगतको धारा बग्दै थियो । लाग्यो धेरै दिनदेखिको खिया जमेर रातो भयो होला तर हैन अब त गन्ध नै आउन थाल्यो । मलाई रिंगटा लाग्ला झैँ भएर एसरी दौडिए, एक झट्कामा म ठेलाको छेउ पुगे । ठेलावालाले आफन्ती दलाल जरुरी कामको लागी केही समयको अन्तै गएको कुरा बताए ।

दिमाग ठन्डा भैसकेपछि सोधेँ, दाइ यो कसकाे घर हो ?

ठेलावालाले अनकनाएको आवाजमा भन्यो- पत्यार नलाग्ला सर, हत्याकाण्डको षडयन्त्र यहीँ बनेको कुरा सबैको मन मुटुमा छ, कसैले मुखमा ल्याउन सकेका छैनन् । हामीलाई त ग्रान्ड डिजाइनको एक नकल्ली स्वरूपमात्र बताइएको छ । सक्कली ग्रान्ड डिजाइन यो घर हो ।

मैले दलाली आफन्तीको फोन नम्बर ब्लक गरे र ठेलावालालाई भने, दाइ अब त्यो दलालले मेरो बारेमा सोध्यो भने सर त्यही ग्रान्ड डीजाइनमा सामेल भयो भनीदिनुहोला है ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सम्बन्धित समाचार