किस्सा

प्राक्कथन:

जो आफूलाई लेख्दछ, उसबारे दोस्रोले लेख्नु जरुरत छैन ।


प्राक्कथनप्रति प्रतिकथन :

अफसोस, यतिबेला सायरहरू सेरको टाङ तोडिरहेका छन्, कम्मर सुमसुम्याइरहेका छन् र गाला मुसारिरहेका छन्, जुँगामा ताउ लगाइरहेका छन् । र, दुःखको कुरा, सेर ओं-शायारीलाई यसप्रकार दूषित पार्दा पनि आफूलाई ‘असली सायर बताउने’हरू आ-आफ्नो गल्ती स्विकारेर ‘सेर ओं-शायारी’ गर्न छाडिरहेका छैनन् । जब लेख्ने कुरा सकिन्छ या छैन, तब सेर ओं-शायारीमार्फत ‘घिन्ताङ-घिन्ताङ’ गरिरहनुको कुनै अर्थ छैन । यस कुरा आफ्नो हकमा पनि लागू हुने कुरामा पङ्क्तिकार सचेत छ । 

यसैले त भन्न मन लाग्छ, सेर ओं-शायारीको जगतको यस दुर्गति देख्दा हुन् त उर्दू सायर  मिर्जा असद उल्लाह खान उर्फ मिर्जा गालिब भन्दा हुन्;

हैराँ हूँ दिल को रोऊँ कि पीटूँ जिगर को मैं
मक़्दूर हो तो साथ रखूँ नौहागर को मैं

खैर, यता (नेपाल)तिर ‘सेर ओं-शायारी’ गरिरहेकाहरूलाई ‘मिर्जा गालिब’ पढाउने यस आलेखको ध्येय होइन । यहाँ पङ्क्तिकार गालिबको केही किस्साहरू ‘कहन’ चाहन्छ (बाँकी कथ्यहरू पढ्न चाहन्छ), अरू कुनै दिलचस्पी छैन । बस् यत्ति । 


पूछते हैं वो कि गालिब कौन है ?

ये मसाईल-ए-तसव्वुफ़ ये तिरा बयान 'ग़ालिब'
तुझे हम वली समझते जो न बादा-ख़्वार होता

यसप्रकार सेर लेखेर आफैँलाई उडाउने उर्दू सायर  मिर्जा असद उल्लाह खान ‘गालिबको किस्साहरू’ आज पनि लाजवाफ छन् । उनी बादा-ख़्वार थिए अर्थात् रक्स्याहा थिए । नामुद पियक्कड थिए । उनी आँपको पनि दिवाना थिए । मिर्जा गालिबको कुरा होस् तर आँपको किस्सा छुटोस्, यो सम्भव छैन ? 

तर, त्यसपहिले पङ्क्तिकार, मिर्जा गालिबको बारेमा केही कुरा ‘कहन’ चाहन्छ ।

Why the Poet Mirza Ghalib is the Most Honest Metaphor for an India Divided  Over CAA


जिन्दगीका उल्झनहरूदेखि स्वर्गको ‘हकिकत’लाई ‘बेबाकी बयाँ’ गर्ने गालिब मित्रताका लागि जति अर्पित थिए, उत्तिकै अर्पित आफ्ना प्रतिद्वन्दीहरूलाई ‘मुखैमा’ जवाफ दिनका लागि पनि थिए । उनको यस ‘मुखरित अदा’लाई कसैकसैले ‘मुखाले बानी’ बताएता पनि, पङ्क्तिकार यसलाई गालिबको ‘मुखरित हुने गजबको तरिका’ मान्दछ । 

लो वो भी कहते हैं कि ये बे-नंग-ओ-नाम है
ये जानता अगर तो लुटाता न घर को मैं

गालिबको ‘खुशमिजाजी और जिन्दादिली’को असर उनको ‘कलाम’मा भरपुर नजर आउँछ नै, सँगसँगै ‘शेअरों-अदब’को महफिलमा उनको ‘अन्दाज-ए-बयाँ’ पनि ‘यादगार’ छ । गालिब आज जति आफ्नो ‘कलाम’मार्फत वाहिवाही लुट्दै छन्, उत्तिकै तारिफको हकदार प्रतिद्वन्द्वीहरूमाथि ‘टिप्पणी अर्थात् हाजिरी जवाफी’ गरेकै कारण पनि बनिरहेका छन्  । गालिब शेअरों-अदबमा मात्रै होइन, ‘मुखाले बानी’का कारण पनि प्रसिद्ध छन् भन्दा अत्युक्ति नहोला । 

पूछते हैं वो कि गालिब कौन है
कोई बतलाओ के हम बतलाएं क्या ?


गालिब र जौकको ‘बन्दैन थियो’, तर ‘बन्थ्यो ।’

गालिबको ‘शेअरों-अदब’मा दिल्लीको तत्कालीन अवस्था भरमार भेटिन्छ । गालिब सोही दिल्लीकै अन्तिम मुगल बादशाह बहादुर शाह जफर (जफर पनि सायरी लेख्ने गर्दथे) को उस्ताद समेत थिए । त्यसअघि, जौक बहादुर शाह जफरको उस्ताद थिए अर्थात् ‘शाही सायर’ थिए । जौक त्यस समयका प्रख्यात सायरको नाम हो । उनको एक सेर पढौँ,

ज़ौक़' जो मदरसे के बिगड़े हुए हैं मुल्ला
उन को मय-ख़ाने में ले आओ सँवर जाएँगे

गालिब र जौक समकालीन थिए । एक समय शेअरों-अदबको महफिलहरूमा जौक र गालिबको सायरीको भरमार रङ्ग चढेको थियो । यस्ता कयौँ किस्साहरू छन्, जसले गालिब र जौकको एकापसमा ‘बन्न नसकेको’ बताउँछ । कयौंपटक गालिबले जौकमाथि र जौकले गालिबमाथि ‘तंज कसेका’ छन् । तर, यी दुई सायरको प्रतिद्वन्द्वीयता शायारीलाई लिएर नै थियो, व्यक्तिगत रूपमा उति थिएन । यसकारण यी दुई गजलकारहरूबिच कुनै भद्दापन थिएन भन्न सकिन्छ । यो आज ‘जुँगाको लडाई’ लडिरहेका नेपाली गजलकारहरूले बुझिदिए मात्रै पनि ‘गजबै होइजाने थियो’ भन्ने पङ्क्तिकारको सदिच्छा छ । मनोकामना छ । आग्रह छ । 

अब तो घबरा के ये कहते हैं कि मर जाएंगे,
मर के भी चैन न पाया तो किधर जाएंगे

यस हेर पढेपश्चात गालिबले जौकप्रति अलि मितव्ययिता अपनाएको भन्ने व्याख्या पनि भेटिने गर्दछ ।

Mirza Ghalib and the Law: A Curious Romance


‘हुस्न-इश्क व चाटुकारिता’को दलदलबाट निस्किएका गालिब-हालीको सम्बन्ध :

यहीँनेर गालिब-हालीको प्रसङ्ग पनि जोडिहालौँ (यसो गर्दा पङ्क्तिकार ‘आगे कहन’ सहज मान्दछ) ।

उर्दूका प्रसिद्ध कवि एवं लेखक अल्ताफ हुसैन हाली (सन् १८३७-१९१४) ले गालिबबारे जीवनी लेखेका छन् । जहाँ गालिबको खाना संस्कृति (खाना खाने बानी)को ‘जिक्र’ भेटिन्छ । त्यसपहिले गालिब-हालीको सम्बन्धका केही कडीहरू उल्लेख गर्नु उपयुक्त होला कि? 

दिल्ली निवासको दौरान हाली र गालिबको सम्बन्ध प्रगाढ बनेको थियो । हालीले गालिबबाट कुनै पनि रचनाको ‘अहमीयत (गुर)’ सिकेका थिए । हालीको सेर पढेर गालिबले भनेका थिए, “यद्यपि म कसैलाई पनि सेर ओं-सायरी गर्ने अनुमति दिने गर्दिन तर तपाइको बारेमा मेरो विचार फरक छ । तपाइले लेख्नुपर्छ । आफ्नो हृदयको बोझ लेखेर नै उतार्नुपर्छ ।” 

हाली गालिबबाट प्रभावित थिए तर उनको कविताको ‘तेवर’ अलगै छ, जो उनको रचना पढ्दा मज्जैले खुट्टाउन सकिन्छ ।  कहिकतै गालिब र हालीलाई ‘गुरु-शिष्य’को रूपमा पनि बताउने गरिन्छ तर पङ्क्तिकार दुवै सर्जकलाई दलित, पीडित, वञ्चित एवम् समाजका कमजोर वर्गहरूको जीवनको वास्तविकता एवं इच्छा-आकाङ्क्षालाई आफ्नो रचनामा इमानदारितापूर्वक पेस गर्ने समकालीन सर्जकको रूपमा मान्नुपर्ने जिकिर गर्दछ। किनभने, यी स्रष्टाद्वय गजल या कविता राजा-सामन्तहरूको मन बहलाउन या उनीहरूलाई खुसी पार्नका लागि लेखिरहेका थिएनन् । हालीको दुई सेर पढौँ,

क्यूँ बढ़ाते हो इख़्तिलात बहुत
हम को ताक़त नहीं जुदाई की

ज़िंदा फिरने की है हवस 'हाली'
इंतिहा है ये बे-हयाई की

स्रष्टाद्वय गालिब-हालीले शायारीलाई ‘हुस्न-इश्क व चाटुकारिता’को दलदलबाट निकालेर समाजको सच्चाइसँग जोडेका थिए । चाटुकार-साहित्यमा समाजको वास्तविकताको कुनै अंश नहुने कुरा उनीहरूले बुझेका थिए । अधिकांश स्रष्टाहरू आफ्नो कल्पनाशक्तिको रुमानी उडानमा समाजलाई लत्ताएर यसप्रकारको ‘मिथ्या जगत्’ खडा गर्छन्, जहाँ आममानिस आफूलाई भेट्नै सक्दैन । असली साहित्यले  वास्तविक समाजको प्रस्तुतीकरणको माग गर्दछ, त्यसमा कल्पनाशक्तिको थोरबहुत अंश आउनु स्वाभाविक नै हो तर ‘उडन्ते साहित्य’ सिधा सीधा दुर्घटनाको सूचाकक्षर हो ।  

स्रष्टाद्वयका रचनाहरूको चरित्र ‘हाड मासुको जिउँदो चित्र’ हो, जो जीवनस्थितलाई ‘बेहतर’ बनाउनको लागि सङ्घर्ष गरिरहेको छ या त्यसबाट आफूजस्तै अरूलाई पनि निकाल्न कोसिसरत । समाजमा शासकहरू पनि छन्, मक्कार दलालहरू पनि छन्, धर्मको लुगा लगाएर जनतालाई पछाडि धकेलिरहेकाहरू पनि छन् । यिनीहरू ‘फुटाऊ र राज गर’को सिद्धान्तलाई चुर्लुम्म डुबेका छन्। स्रष्टाद्वयका रचनाहरू यस्ता व्यक्तिको पक्षमा छैनन्, आम मानिसकै सरोकारमा विषयमा लेखिएका छन् । गालिब-हाली एकता, भाइचारा, बराबरी, आजादी एवं जनतन्त्र स्थापितको विचार एवं मूल्य-मान्यतालाई आ-आफ्ना रचनामार्फत पस्किरहेका थिए भन्दा पटक्कै मुर्ख्याइँ झल्किँदैन ।

यो पक्का कुरा हो- हाली-गालिबको जीवन जिउने तरिकामा भने ‘बडा गहरा अन्तर’ थियो । हाली ‘पक्का मुसलमान’को जीवन व्यतीत गर्दथे भने गालिबले सायदै नमाज पढेका होलान् (पङ्क्तिकार गलत हुन् सक्दछ) । स्रष्टाद्वय व्यक्तिगत स्वतन्त्रताको सवालमा ‘हामी’ थिए, अहिलेलाई यत्ति भनौँ । 

गालिबको प्रति हालीको हृदयमा बेहद आदर-सम्मान थियो । गालिबको मृत्युको बखतमामा हालीले ‘मर्सिया’ लेखेका थिए, जसमा उनले गालिबसँग आफ्नो सम्बन्धलाई यसप्रकार प्रकाश पारेका थिए,

बुलबुले दिल मर गया हेहात
जिस की थी बात बात में एक बात

नुक्ता दाँ, नुक्ता सन्ज, नुक्ता शनास
पाक दिल, पाक ज़ात, पाक सिफ़ात

मर्सिया उसका लिखते हैं अहबाब
किस से इसलाह लें किधर जाएँ

पस्त मज़्मू है नोहए उस्ताद
किस तरह आसमाँ पे पहुँचाएं

इस से मिलने को याँ हम आते थे
जाके दिल्ली से आएगा अब कौन

मर गया क़द्रदाने फ़हमे सुख़न
सेर हम को सुनाएगा अब कौन

मर गया तशनए मज़ाके कलाम
हम को घर बुलाएगा अब कौन

था बिसाते सुख़न में शातिर एक
हम को चालें बताएगा अब कौन

सेर में नातमाम है ‘हाली’
ग़ज़ल उस की बनाएगा अब कौन

कम लना फ़ीहे मन बकी वो अवील
वएताबा मअल ज़माने तवील।


गालिब गाईको मासु ‘गोश्त’को दिवाना थिए..!

अब प्रसङ्गमा फट्को मारौँ । प्रसङ्ग थियो- गालिबको ‘खाना संस्कृति’को । 

हाली आफ्नो पुस्तकमा लेख्दछन्, “गालिब बिहानको खानामा एक गिलास बदामको दूध पिउने गर्दथे । उनलाई गाईको मासु (गोश्त) पनि प्रिय थियो, उनी आफ्नो भोजनमा गोश्त खाने गर्दथे ।” हालीका अनुसार आफ्नो आखिरी दिनहरूमा गालिबलाई भोक लाग्न छाडेको थियो । यद्यपि हरेक बिहान उनको सामुन्ने गोश्तबाट बनेको २५० ग्राम ‘कोरमा’ पेस गरिन्थ्यो । गोश्तको टुक्राहरू एवं करी, दुई अलग-अलग कचौरामा राखिल्याउने गरिन्थ्यो । ‘फुलके’को माथिल्लो भागलाई करीमा भिजाएर त्यसलाई दोस्रो कचौरामा राखेर गालिबलाई दिने गरिन्थ्यो । एउटा कचौरामा दही पनि हुने गर्दथ्यो । कहिलेकाहीँ अर्को कचौरा पनि आइपुग्थ्यो, जहाँ अण्डाको ‘जरदी’ हुने गर्दथ्यो ।

साँझको समयमा गालिब ‘शामी कबाब र सीख कबाब’ खाने गर्दथे । प्रतिकुल स्वास्थ्य अवस्थाका कारण उनलाई खासै भोक लाग्दैनथ्यो, तर उनी जुन भोजन ग्रहण गरिरहेका छन्, त्यसमा भने विशेष ध्यान दिने गर्दथे । भनौँ न, आफ्नो खानाप्रति उनी सचेत थिए ।

एकदिन दिउँसो, खाना उनको खाना  खाना राख्ने ‘दस्तरखान’ मा राखियो, त्यहाँ थुप्रै माटोका भाँडाहरू थिए । ती भाँडाहरूमा निकै कम खाना थियो । गालिब मुस्कुराउँदै भने, “यदि तपाई वर्तने(भाँडाहरू)को सङ्ख्यामा धेरै ध्यान दिनुहुन्छ भने, मेरो दस्तरखान ‘यजीद’को दस्तरखान जस्तो देखिनेछ । तर, यदि तपाईँ वर्तनको नभएर खानाको मात्रा बढाउनुहुनेछ भने मेरो दस्तरखान ‘बायजीद’को दस्तरखान जस्तो देखिनेछ ।” 

यजीद, पैगम्बरको नाति हुसैन इब्न अलिको साथ गरिएको अधर्म र अत्याचारको लागि मशहूर छन्, उनी इतिहासमा एक अपराधीको रूपमा दर्ज छन् । यजीदको अत्याचारकै कारण हुसैनको कर्बलाको लडाइँमा मृत्यु भएको थियो । बायजीद ९औँ शताब्दीको प्रख्यात फारसी सूफी हुन् ।


अब ‘गालिब और आमके किस्से’ बतलाएं जाए ? 

जब हामी भारत र गर्मीको कुरा गर्छौँ, आम(आँप)लाई बहसबाट दरकिनार गर्ने छुट हामीलाई उपलब्ध हुँदैन । र, जब हामी आँपको कुरा गर्छौँ, गालिबलाई बहसमा ल्याउनु अनिवार्य शर्त हो । र, शर्तहरू लागु हुनेछन् । 

Mirza Ghalib 38/39 - YouTube


भन्नु परोइन, गालिब आँपको ‘शौकिन’ थिए । गर्मीको मौसममा गालिबका मित्र मण्डलीहरू आ-आफ्नो आँप बगानबाट गालिबलाई आँप कोसेली पठाउने गर्दथे, जसका अनेकन् किस्साहरू उपलब्ध छन् । ती सबै यहाँ लेखेर सम्भव छैन ।

‘गालिब और आमके किस्से’ चलिरहँदा एक बात बारबार भनिन्छ, “जितने आम दे दो, इस सायर के लिए वो कम ही पड़ते थे ।”


आम किस्सा- १:

गालिबको एक मशहूर किस्सा छ । एकपटक मुगल सम्राट् बहादुर शाह जफर र उनका केही साथीहरूको साथ लागेर गालिब ‘बाग-ए-हयात बख्श’ एवं ‘किला-ए-मुबारक (लाल किला)’ मा टहलिरहेका थिए । त्यहाँ अलग-अलग प्रजातिका आँपका बोटहरू थिए, जो सिर्फ बादशाह, शहजादों र ‘औरतें’को ‘पोल्टाको मकै’ थियो ।

‘बाग-ए-हयात बख्श’ एवं ‘किला-ए-मुबारक (लाल किला)मा चलिरहँदा गालिब हरेक आँपको बोट, ती बोटमा फालिरहेका/पाकिरहेका हरेक दाना आँपलाई निकै ध्यान दिएर हेरिरहेका थिए । 

बादशाह गालिब यस हर्कत देखिरहेका थिए, सोधिहालेँ, “तपाईँको ध्यान आँपमै किन छ ? आँपलाई घुरिघुरीकन हेर्नुको कारण ?”

सायरले बडो गम्भीर भएर ठट्यौलीपन सहित उत्तर दिए, “मेरे मालिक और मेरे रहनुमा । एकपटक कुनै सायरले भनेको थियो अरे, ‘हरेक आँपको दानामा खानेवालाको नाम लेखिएको हुन्छ ।’ म आफ्नो हजुरबुबा, बुबा र मेरो नाम खोजिरहेको छु ।”

बादशाह मुस्कुराए । साँझ बादशाहले गालिबको घरमा एक बास्केट आँप पठाएका थिए । 


आम किस्सा- २:

एकपटक, गालिब आफ्नो बेहद करीबी दोस्त हकीम रजी उद्दीन खानसँग आफ्नो घरको बार्दलीमा बसिरहेका थिए । दोस्त हकीम ‘आम नापसन्द इन्सां’ थिए । दुई दोस्त बार्दलीमा टहलिरहेको बखत, एक ‘गधा-गाडा’ नजिकैबाट गुज्रियो । गधाले बाटोमा लडिरहेको आँपको बोक्रालाई सुँघ्यो जरुर तर, घिनलाग्दो मुख बनाएर मुन्टो बटार्‍यो । गधाले आँपमा उति रुचि देखाएन ।  त्यसपछि गधा-गाडा अगाडि बढ्यो । तर, ‘किस्सा-ए- गालिब’ अब सुरु हुन्छ । 

हकीम गालिबतर्फ फर्के र, तुरुन्तै भनिहाले, “कति आँप-आँप गर्छस् ? हेर्, अरूको त के कुरा, गधा पनि आँप खाँदैन ।”

गालिबको उत्तर घतलाग्दो थियो, “हो हकीम, गधाहरू नै आँप खाँदैनन् ।”


आम किस्सा- ३ :

एकपटक मौलाना फ़ज़्ल-ए-हक़ र केही जनाब, आँपको अलग-अलग प्रजाति (स्वाद पनि) को बारेमा कुरा गरिरहेका थिए । त्यहाँ गालिबको ‘मौज्दुगी’ पनि थियो । 

जब सबैले आ-आफ्ना रायहरू दिए, तब मौलाना  फ़ज़्ल-ए-हक़ गालिबतर्फ फर्किएर ‘तिम्रो राय के हो?’ भन्ने इशारा गरे । 

गालिब मुस्कुराउँदै भन्छन्, “मेरो मित्र, मेरो नजरमा- आँपको सवालमा दुईवटा मात्रै कुरा हुन् सम्भव छ । पहिलो आँप निकै मिठो हुनुपर्छ र दोस्रो मिठो आँपको सङ्ख्या अझ मिठो (धेरै) हुनुपर्छ ।”

जाँदाजाँदै..

हैं और भी दुनियाँ में सुखनवर बहुत अच्छे,
कहते हैं कि ग़ालिब का है अंदाज़े-बयां और 

न गालिबका किस्साहरू सकिएका छन्, न उनका उपस्थिति । तर, यहाँसम्म आइपुग्दा सोध्न मन लाग्छ, गालिब हाम्रो समयका हुन् या हामी उनको समयदेखि अगाडि बढ्न सकिरहेका छैनौँ ? मलाई लाग्दछ, यहीनेर यस आलेख समाप्त हुनुपर्दछ किनकि गालिब खुद भन्थे, “हरेक चिजको लागि सन्दर्भ हुनुपर्दछ ।” उनको यो सेर पढौँ,

सीखे हैं महरुख़ों के लिए हम मुसव्वरी,
तक़रीब कुछ तो बहरे मुलाक़ात चाहिए ।


गालिबको परिचय खण्ड नलेखौँ लागेकै हो, तर अन्त्यमा यति चाहिँ लेखौँ लाग्यो । 

मिर्जा गालिबको जन्म २७ डिसेम्बर १७९६ ई.मा भारको आगरामा भएको हो । उनले ११ वर्षको उमेरमै सायरी लेख्न सुरु गरेका थिए ।  उर्दू, अरबी र फारसी भाषाका ज्ञाता गालिबले १३ वर्षको उमेरमा गालिबले नवाब इलाही बख्शकी छोरी उमराव बेगम बिहे रचेका थिए । आगराबाट मावलीघर दिल्ली गएपछि उनको बेगमसँग बिहे भएको र त्यहीँ स्थायी बसोबास गर्न थालेको लेखोट भेटिन्छ । उनका सात जना सन्तान जन्मिएका थिए तर कुनै पनि २ वर्षभन्दा बढी बाँचेनन् भन्ने उल्लेख छ । यसपछि, उनले आरिफलाई आफ्नो छोरा मानेका थिए तर उनको पनि जवानीमै ‘इंतकाल’ भयो । आरिफको दुई बच्चा थिए, जो गालिब र उमराव बेगमको नातिको हैसियतले उनीहरूसँगै रहे । तर, सच्चाई यो पनि हो कि, गालिबको नस्ल खुद ‘उन्हीं पर खत्म’ भएको थियो ।

10 ageless Mirza Ghalib couplets for the hopeless romantics out there! |  Books News – India TV


यता, ‘देवकोटा गरिब थिए’ भन्नेहरूजस्तै, उता पनि ‘गालिबले आफ्नो जिन्दगी गरिबी और मुफ़लिसी बिताए’ भन्नेहरू पनि छन् । ‘खर्च ज्यादा हुनु र आम्दानी कम हुनु’लाई गरिबी भनिनु नहुने पङ्क्तिकारको मत छ ।

परिवर्तन चाहने अर्थात् ‘मुर्दा परवदन मुबारक काम नीस्त' अर्थात् ‘मुर्दालाई पुज्नु कुनै मुबारक काम होइन’ लेख्ने गालिबकै जीवनकालमा भारतमा कायम रहेको मुगल साम्राज्य पतनतर्फ उन्मुख रहेको र इस्ट इन्डिया कम्पनीको माध्यमबाट ब्रिटिस राज कायम हुँदै थियो ।  र, सन् १८५७ को पहिलो भारतीय स्वतन्त्रता सङ्ग्राम पनि गालिबकै समयमा भएको थियो । यस्ता सबै घटनाहरूको चर्चा गालिबका रचनामा पाइन्छ । 

बस्, हो गया जनाब । अब और क्या लिखा जाय ? 


बरु आउनुस्, उनका केही सेर हरू पढौँ;

बहरा जो हूं तो चाहिए दूना हो इल्तेफ़ात,
सुनता नहीं हूं बात मुक़र्रर कहे बग़ैर.

होगा कोई ऐसा भी जो ग़ालिब को न जाने,
सायर तो वो अच्छा है पे बदनाम बहुत है.

‘मोहब्बत में नहीं है फर्क जीने और मरने का
उसी को देख कर जीते हैं, जिस काफ़िर पे दम निकलें’

शराब पीने दे मस्जिद में बैठ कर
या वो जगह बता दे जहाँ पर ख़ुदा न हो

गों में दौड़ते फिरने के हम नहीं कायल
जब आँख से ना टपका तो फिर लहू क्या है

हम को मालूम है जन्नत की हक़ीक़त लेकिन
दिल के ख़ुश रखने को 'ग़ालिब' ये ख़याल अच्छा है

इस सादगी पे कौन न मर जाए ऐ ख़ुदा
लड़ते हैं और हाथ में तलवार भी नहीं

इश्क़ ने 'ग़ालिब' निकम्मा कर दिया
वर्ना हम भी आदमी थे काम के

इशरत-ए-क़तरा है दरिया में फ़ना हो जाना
दर्द का हद से गुज़रना है दवा हो जाना

न था कुछ तो ख़ुदा था कुछ न होता तो ख़ुदा होता
डुबोया मुझ को होने ने न होता मैं तो क्या होता

रेख़्ते के तुम्हीं उस्ताद नहीं हो 'ग़ालिब'
कहते हैं अगले ज़माने में कोई 'मीर' भी था

मौत का एक दिन मुअय्यन है
नींद क्यूँ रात भर नहीं आती

हम वहाँ हैं जहाँ से हम को भी
कुछ हमारी ख़बर नहीं आती

'ग़ालिब' बुरा न मान जो वाइज़ बुरा कहे
ऐसा भी कोई है कि सब अच्छा कहें जिसे

मैं भी मुँह में ज़बान रखता हूँ
काश पूछो कि मुद्दआ क्या है ?

Inside Mirza Ghalib's haveli in Delhi | Condé Nast Traveller India


 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

राजु झल्लु प्रसाद

लेखकबाट थप...