य्यद हुसैन जौन असगर, दुब्लो, पातलो शरीर, लामो कपाल, कालो चस्मासहित सेर पढ्ने शानदार व्यक्तित्व युवाहरूको लागि सायरी रक स्टार, सूफीयाना जुवानका लागि ‘हजरत जौन एलिया’, यारहरूका लागि ‘जानी जौन एलिया’ र धेरैका लागि एक पहेली हुन् भने पंक्तिकारका लागि ‘जौन साहेब’ हुन् । उर्दूको लबजको बगैचामा अनेकौँ सुन्दरहरू फूलहरू मग्मगाए । यस्तै एउटा फूलको नाम हो- जौन एलिया अर्थात् जौन साहेब, जो हर मर्तबा जदीद लगे (ओइलाएनन्) । 

जौन साहेब जीवित रहँदा एक साधरण सायर भाँती खुम्चिए । गजलकार एमपी केयरलेस भन्छन्, “कुमार विश्वास आइसकेपछि जौनले ठाउँ पाएका हुन् ।” उर्दू मन्चले आफूलाई जौन साहेबको पाउ मुनि रहने सौभाग्य निकै पछि प्राप्त गर्यो । प्रष्ट छ, यसो हुनुमा त्यतिबेलाका हिन्दी-उर्दू मञ्चाधीशहरूको काला कर्तूतहरू हावी रहे । जीवित रहँदा साधरण सायरको छवि बनाएका जौन साहेबलाई मृत्युपश्चात् ‘बेशुमार नाम-ओ-शोहरत नसीब’ भयो । भनिन्छ कि- एकपटक जौन साहेबले भनेका थिए, “आज कुनै सायर हो, भोलि कुनै सायरको रहला तर पर्सि मेरो हुनेछ ।” उनी सही थिए, उनको जवान मुबारक रह्यो । आज हरेक युवा जौन साहेबलाई ‘खुदरंग (आफ्नै रंग)’ बताइरहेको छ । 

जो देखता हूँ वो कहने का आदि हूँ 
मैं अपने शहर का सबसे बड़ा फसादी हूँ 

या,
याद उसे इंतिहाई करते हैं
सो हम उस की बुराई करते हैं

यसप्रकार सेर ‘कहने’ जौन साहेब एक मुँहफट, बेबाक र बागी सायर हुन् । जतिजति उनलाई पढ्दै गइन्छ उतिउति उनलाई बुझ्न गाह्रो पर्दै जान्छ । गलत अर्थ नलागोस्, तर ‘जौन भाइरस’ अर्थात् ‘जौनियत’बाट पंक्तिकार यसप्रकार गाँजिएको छ कि अनेकन नेपाली-हिन्दी-उर्दू सायरबीच उनलाई हमेशा एक कदम माथि राख्ने जोखिम मोलिरहन्छ- मीर, मोमिन, गालिब, फैज, खुमार भन्दा पनि एक कदममाथि ।

जौन साहेबलाई आफ्नो महबुब बोलाउनेहरू एउटा लत-कु छ, उनीहरू जौन साहेबकाका ‘एइया’लाई ‘आहा’ गर्न किन्चित हिच्किचाउदैनन् । बरू, आफू त्यसप्रकारले दुख्न नपाएको गुनासो पोखिरहन्छन् ।

हो रहा हूँ मैं किस तरह बर्बाद
देखने वाले हाथ मलते हैं

जौन साहेबमा थोरबहुत ड्रामा, रिस, बनिबनाउ नियम तोड्ने जिद्दी मात्रै छैन, दर्शन पनि छ । आफूलाई खरानी पार्न आफ्नै खल्तीमा सलाइका काटी बोकी हिँड्ने व्यक्ति हुन्- जौन साहेब । यसैले त भन्न मन लाग्छः

क्या तकल्लुफ़ करें ये कहने में 
यारो, ‘जौनियत’ तो एक दर्शन है ।

****

मैं जो हूँ जॉन एलिया हूँ जनाब
इसका बेहद लिहाज़ कीजिएगा ।

यसप्रकार जौन साहेब भनिरहेका छन कि- ‘म एक अलगै फ्रेमको कवि हूँ, मसँग परम्परागत सायरीको उम्मीद नगर्नू ।’

साल हा साल और इक लम्हा,
कोई भी तो न इनमें बल आया

ख़ुद ही इक दर पे मैंने दस्तक दी,
ख़ुद ही लड़का सा मैं निकल आया

जौन साहेब भन्दा पहिले सेर बताउने यस्तो तरिका देखिएको थिएन । जौन एक सुन्दर जंगल हुन्, जहाँ उन्यूको झांडी छ, ऐजुरु काँडा छ । जौन एलिया एक जंगली फूलको नाम हो । यो भन्नु अतिशोयक्ति हुँदैन कि बाँकी सायर रेडिमेट पार्क हुन्, जौन साहेब एक घना जंगल हुन् । यदि तपाई एडभन्चरस चाहनुहुन्छ र फ्रेम बाहिरका कुरा रुचाउनुहुन्छ भने जौन साहेबको दुनिया तपाईंकै लागि हो ।

तेग़-बाज़ी का शौक़ अपनी जगह
आप तो क़त्ल-ए-आम कर रहे हैं

जौनलाई तपाईं दुई आयाममा भेट्न सक्नुहुनेछ । एक दर्शनको रूपमा र दोस्रो प्रदर्शनको रूपमा । प्रदर्शन वाला जौन साहेब ती हुन् जो मन्चमा ‘पागलपन’ देखाइरहेका हुन्छन्, कोलाहल मच्चाइरहेका हुन्छन् । चुरोट उडाइरहेका हुन्छन्, गाली दिइरहेका हुन्छन् । र, दर्शानिक जौन साहेब ती हुन्- जो मस्तिष्कलाई हल्लाएर राखीदिन्छन् । जस्तै यी सेर पढौँः

निकल आया मैं अपने अन्दर से
अब कोई डर नहीं है बाहर से

अब जो डर है मुझे, तो इसका है
अन्दर आ जाएँगे मेरे अन्दर से

डा. कुमार विश्वास भन्छन्, “जिन्दगीको हरेक उतारचढावलाई सायरीमा ढाल्नु मात्रै होइन त्यसलाई भरपुर इन्जोय गर्नु र श्रोता-पाठकलाई पनि इन्जोय गराउनु जम्मामा जौन हुनु हो । जौनको संसार सकभर छिर्दै नछिर्नु, छिरेसकेपछि निस्काने कल्पनै नगर्नू ।” जौन साहेबले खुद भनेका छन्ः

कोई मुझ तक पहुँच नहीं पाता
इतना आसान है पता मेरा

****

जौनलाई भेट्न गाह्रो छैन । बन्द कोठाको अँध्यारोमा तितरबितर भएका किताबहरूबीच जौन साहेब भेटिरहन्छन् । तर, पंक्तिकारले जौन साहेबलाई पहिलोपटक ठमेलको गल्लीमुनि- पल्पसा क्याफेमा पहिलोपटक सुनेको थियो । क्याफे चहार्दै कफी पिउनु र कविता पढ्नु/सुन्नु ती दिनहरूमा पंक्तिकारको जीविकोपार्जन थियो । र, सोही जीविकोपार्जनबीच एक व्यक्ति गितार बजाइरहेका भेटिए । गितार म्यानको जुवानबाट निस्किएको सेर थियोः

बहुत नज़दीक आती जा रही हो
बिछड़ने का इरादा कर लिया क्या ?

आज पनि उनको गितार बजिरहेको होला र, आज पनि उनी कोही अर्को व्यक्तिलाई भन्दै होलान्- “तपाईं यस्ता तोरीलाहुरे कविता लेख्न छोड्नुस् यार बरू जौन एलिया सुन्नुस् ।” पंक्तिकार कदाचित गितार म्यानको नाम सम्झन सक्दैन तर जौनियतको नशा चढाइदिएकोमा ता-उम्र उसको भलो चिताइरहनेछ । 

***

जौन साहेबको कविता र सायरीको प्रमुख कृतिहरूमा- शायाद (१९९१), यानी (२००३), गुमान (२००६) र गोया (२००८) हुन् । उनले अरबी एवं फारसी भाषमा अनुवाद पनि गरेका थिए । अनुवादको क्रममा उनले उर्दू भाषामा कयौँ नयाँ शब्द आविष्कार पनि गरेका थिए । उनको प्रमुख अनुवाद कृतिहरूमा ( ‘मसीह-ए-बगदाद हल्लाज’, ‘ज्योमेट्रिया’, ‘तवासिन’, ‘इसागोजी’, ‘रहीश-ओ-कुशैश’ और ‘रसल अख्वान-उस-सफा’ आदि रहेका छन् । ‘फरनूद (२०१२) जौन साहेबको विचारप्रधान लेखहरूको संकलन हो । 

सम्भवतः यो पनि दुःखकै कुरा हुनुपर्छ,
यार! अब त मलाई दुःख पनि लाग्न छोड्यो ।
 (अनु. सन्तोष विष्ट)

जौन साहेबले त्यो  जिन्दगी गुजारेका छन्, जो कोहीकसैले चाहेर पनि गुजार्न सक्दैन । जौनको जिन्दगी दुई धारे तरबार जस्तो छ । भित्र-भित्र आफू रेटिँदै रहे, बाहिर-बाहिर अरूलाई रेट्दै रहे । जौनलाई पढ्नु/सुन्नु भनेको आफूलाई चोट पुर्याउनु हो । यसरी चोट पुर्याउनु कि  त्यसलाई किन्चित मलम-पट्टि गर्न मन लाग्दैन ।  यसैले त, जौन आफैँ भन्छन्ः

जो गुजारी न जा सकी हमसे,
हमने वो जिंदगी गुजारी है ।

***

यस सायरानाको जन्म भारतस्थित यूपीको अमरोहाको माटोमा १४ डिसेम्बर १९३१ मा भएको थियो । विद्वान एवं सायर अल्लामा शफीक हसन एलियाको खानदानी विरासतमा खेल्दै-रम्दै एलियाको बचपन बितेको थियो । ठूलो दाइ कमाल अमरोहाका प्रसिद्ध सायर र फिल्मकार हुन् । पाकीजह फिल्म हेर्नुभएको छ ? फिल्मको निर्देशक, निर्मार्ता र लेखन कमालले नै गरेका थिए । एलियाको अर्का भाइ रईस प्रसिद्ध पत्रकार र सायर हुन् । पाँच भाइहरूमध्ये सबैभन्दा कान्छा जौन साहेबले ८ वर्षको उमेरमा पहिलो सेर लेखेका थिए । 

रजब अर्थात् इस्लामिक क्यालेन्डरको सातौँ महिनाको तेह्राैँ दिन (जो इमाम अलिको जन्मदिन पनि हो) जन्मिएका कारण उनी आफूलाई  पैगम्बर मुहम्मको वंश-परम्परासँग सम्बन्ध सैयद जातको वंशज बताउने गर्दथे । (हिन्दुस्तानी मुस्लिम समुदायको वर्ण व्यवस्थामा ४ जातको उल्लेख पाइन्छ, क्रमशः सैयद, शेख, मुगल र पठान । स्रोतः मुस्लिम सोशल डिवीजन इन इन्डिया)  जौन साहेबले इस्लामी न्यायशास्त्रको ‘देवबन्द स्कूल’मा अध्ययन गरेका थिए । यही एक तथ्य अलवा जौन साहेबले आफूलाई कहिल्यै पनि कुनै धर्म या सम्प्रदायसँग जोडेको पाइँदैन । उनी मार्क्सवादी राजनीतिक दर्शनसँग गहिरोसँग जोडीएका थिए तर पछी आफूलाई एक अराजक र प्रवासीकै रूपमा चिनाउन लालायित देखिए ।

क्या पूछते हो नाम-ओ-निशान-ए-मुसाफ़िराँ
हिन्दोस्ताँ में आए हैं हिन्दोस्तान के थे

एलियालाई सग्लो भारतसँग प्रेम थियो । आखिरकर भारत-पाकिस्तानको विभाजन भएरै छाड्यो । सन् १९४७ मा भारत स्वतन्त्र त भयो तर यो स्वतन्त्रता दुई फ्याक्लेटोमा च्यातियो । स्वतन्त्रता आधाआधा हुँदा त्यो एक बन्धन हुँदो रहेछ, त्यसपछिको इतिहासले यो कुरा बताइरहेकै छ । जौन, मन्टो, कमलेश्वर जस्ता लेखकहरूले यो कुरा उतिबेलै बताएका थिए तर ‘सियासी खेल’ खेलिरहेकाहरूले उनीहरूलाई सुनेन । भारत-पाकिस्तान विभाजनको ‘सियासी माहोल’लाई जौन साहेब यसप्रकार बताउछन्ः

हरमो-दैर की सियासत है 
और सब फैसले हैं नफरत के 

यार कल सुबह आए हमको नज़र 
आदमी कुछ अजीब सूरत के 

इन दिनों हाल शहर का है अजीब 
लोग मारे हुए हैं दहशत के

****

विभाजनको १० वर्ष पश्चात (सन् १९५७) नचाहँदैनचाहँदै पनि जौन साहेब पाकिस्तानको कराँची पुगेका थिए तर त्यहाँ उनी रमाइरहन सकेनन् । उनी जिन्दगीभर भारत-पाकिस्तान आउने-जाने गरिरहे । कराँची पुगेपश्चात दुई पटक मात्रै उनी आफ्नो माटो अमरोहा पुगेको तथ्य भेटिन्छ- पहिलोपटक सन् १९७८ मा दोस्रोपटक १९९९ मा । यद्यपि, उनको सायरीमा अमरोहसँग विछोडको पीडा भने भरपुर पढ्न पाइन्छः

हम तो जैसे यहां के थे ही नहीं,
धूप के थे सायबां के थे ही नहीं ।

अब हमारा मकान किस का है,
हम तो अपने मकान के थे ही नहीं ।

उस गली ने सुन के ये सब्र किया,
जाने वाले इस गली के थे ही नहीं ।

उनलाई सीमापारीको गङ्गा र यमुनाले बोलाइरह्यो तर, उनी आफ्नो मजबुरीसँग टाउको ठोक्दै सीमपारी बसेर अमरोहाको बारेमा निरन्तर लेखिरहे । सेर-सायरी गुनगुनाईरहे । जौन साहेब गङ्गायमुनासँग भारत फर्कि आउन नसकेको पीडा यसरी कहन्छन्ः

मत पूछो कितना ग़मगीन हूं, गंगा जी और यमुना जी,
ज्यादा तुमको याद नहीं हूं, गंगा जी और यमुना जी ।

अपने किनारों से कह दीजो आंसू तुमको रोते हैं,
अब मैं अपना सोग-नशीं हूं, गंगा जी और यमुना जी ।

अब तो यहां के मौसम मुझसे ऐसी उम्मीदें रखते हैं,
जैसे हमेशा से मैं तो यहीं हूं, गंगा जी और यमुना जी ।

अमरोहा में बान नदी के पास जो लड़का रहता था,
अब वो कहां हैरु मैं तो वही हूं, गंगा जी और यमुना जी ।

है मोहब्बत हयात की लज्ज़त, वर्ना कुछ लज्ज़त-ए-हयात नहीं,
है इजाज़त तो एक बात कहूं, वो, मगर, खैर, कोई बात नहीं ।

****

हरेक सर्जकलाई लागि आफ्नो सिर्जना अनुरूप जीवनलाई ढाल्ने अभिलाषा हुन्छ । धेरैले सक्दैनन्, जसले सक्छन् ती पनि जौन साहेब कहलिदैनन् किनकी उनीहरूमा आफ्नो कमजोरी नढाटीकन बताउने आँट हुँदैन । जौन साहेब यस काममा माहिर थिए, उनी साँचो बोल्थे । झुट बोल्नै परेता पनि उनी आफूलाई ‘झुटो’ बनाएर ‘साँचो’ कुरा भन्ने गर्दथे । यो सेर पढौँः

हैं बतौर ये लोग तमाम
इनके सांचे में क्यों ढलें

मैं भी यहाँ से भाग चलूँ 
तुम भी यहाँ से भाग चलो 

आफूसँग बाहेक जौन साहेबलाई कसैसँग शिकायत थिएन । जिन्दगी जिउनु थियो तर जिन्दगीसँग उति साह्रो लगाव पनि थिएन । उनी आफ्नो बारेमा कसैले राम्रो-नराम्रो कुनै पनि कुरा भनिरहेको छ भने सुन्थे  जरूर तर निर्णय उनको आफ्नै रहन्थ्यो । हरेकको सल्लाह सुन्नु तर आफ्नै मर्जीको मालिक हुनु भनेको ‘जौनियत’ दर्शनको सार हो । उनको यी सेर पढौँः

ठीक है ख़ुद को हम बदलते हैं
शुक्रिया मश्वरत का चलते हैं ।

या,
हाँ ठीक है मैं अपनी अना का मरीज़ हूँ 
आख़िर मिरे मिज़ाज में क्यूँ दख़्ल दे कोई

****

जौन साहेबकी फारेहा
भन्नलाई त जौन साहेब मोहब्बत (प्रेम)लाई जीवनको रस भन्ने गर्दथे तर मोहब्बत उनीमाथि प्रलय जसरी गुज्रिएको थियो । दुनियादारीको रितिरिवाजदेखि विरक्तिइसकेका जौन साहेबको जिन्दगीमा जसप्रकार प्रेम आयो, त्यो अप्रत्याशित थियो । 

एक युवती जो जौन साहेबलाई औधी प्रेम गर्थी, जौन साहेब पनि उनलाई प्रेम गर्ने बताउथे । तर जौन साहेब वास्तवमा उनलाई प्रेम गर्दैन थिए । यतिबेलासम्म जौन भन्दै थिए,

ज़िंदगी एक फ़न है लम्हों को
अपने अंदाज़ से गँवाने का

जब त्यो युवतीलाई थाहा भयो कि जौन साहेब उनीसँग ‘मोहब्बतका दिखावा’ गरिरहेका छन्, उनले एलियालाई एक चिठी लेख्छिन्ः

जौन,
तुम्हें ये दौर मुबारक, तुम ग़मों-आलम से दूर हो । एक लड़की के दिल को दुखाकर तुम बड़े आराम से हो । एक महकती अंगडाई के मुस्तकबिल का खून किया है तुमने । उसका दिल रखा है या उसके दिल का खून किया है तुमने ।

एलियाले जब यस कुराको चाल पाए की- एक युवती जो टीबी (क्षयरोग)ले गाँजिएकी छन्, जो उनलाई बेसुमार प्यार गर्थींन, लगातार चिठी लेखिरहेकी थिइन्, उसको दिल मैले तोडिरहेको छु- तब एलियालाई वास्तवमै त्यो युवतीसँग प्रेम भएको थियो । जुन युवतीलाई उनी प्रेम गरेजस्तो गर्थे, आजीवन उनी सोही युवतीको प्रेममा रहे । 

अझ बिस्तारमा,

प्रेमको उल्झनमा जौन साहेब जीवन यसप्रकार उल्झियो कि उनी जिन्दगीभर त्यही गुजुल्टो फुकाइरहे । उनी त्यस गुजुल्टोलाई ‘फरेहा’ नामले पुकार्ने गर्दथे । यसपछि उनी भन्न थालेः

शायद मुझे किसी से मुहब्बत नहीं हुई,
लेकिन यकीन सबको दिलाता रहा हूं मैं ।

यही ‘यकीन’ नै त उनले त्यो फारेहालाई दिलाएका थिए, जो उनीसँग ‘बेपनाह प्यार’ गर्ने गर्थी । जौन साहेबको सबैभन्दा ठूलो भूल थियो- ‘फारेहा’लाई प्रेम गरेको यकिन दिलाउनु तर उनीसँग  प्रेम नगर्नु ।  उनका अनुसार, उनले एउटा अपराध गरे र त्यही अपराधको आगोमा जल्दै जिन्दगी सक्काइदिए ।

फारेहासँग खुन थुक्नु पर्ने विवशता थियो । आखिरकर सो युवती ‘खुन’ थुक्दै टीबीको रोगलाई आत्मसात गरेर दुनियाँ छाडेर गई । त्यसपछि हो- जौन साहेब त्यस प्रेमको लागि तड्पिन थालेको र मञ्च चढीचढीकन यो भन्दै रुन थालेका-

ये मुझे चैन क्यों नहीं पड़ता,
एक ही शख्स था जहान में क्या ।

यस पश्चातका दिनहरूमा एलियाको जीवनमा खुसीको कुनै अर्थ नै रहेन । उनको हृदयमा सोही युवती सवार भएकी थिइन्- जो ‘खुन थुक्ने' गर्थिन् । यसपछिका दिनहरूमा जौन साहेब पनि उसैगरी खुन थुक्दै रहे र खुन थुक्दाथुक्दै बिते । उनको सेर-सायरी खुन थुक्ने कुरा पटकपटक आउँछः

मेरे कमरे का क्या बयां कि यहां,
खून थूका गया है शरारत में ।

या ,

मैं इब्तिदा-ए-इश्क़ से बे-मेहर ही रहा
तुम इंतिहा-ए-इश्क़ का मेआुर ही रहो

तुम ख़ून थूकती हो ये सुन कर ख़ुशी हुई
इस रंग इस अदा में भी पुरकार ही रहो

अलि पछि उनले ‘इजाजत’ मागेका थिए, वास्तविकता बताउने आँट बटुलेका थिए तर यतिखेरसम्म ढिला भइसेकको थियो । फारेह ‘खुन थुक्ने’ रोगले बितिसकेकी थिइन् । यसपछि उनले ‘ओ, मगर, खैर, कोही बात नही’ भनेर यो प्रसंग नै टालिदिए । 

कथनअनुसार ‘फारेहा’ भारतमा रहन्थिन् । दुई मुलुकबीचको जल्दोबल्दो उल्झनबीच जौन साहेबको ‘फारेह’सँग ‘मुलाकात’ सम्भव होइरहन सकेन । यसैले आफ्नो सेर-सायारीमार्फत उनी ‘फारेह’ को जिक्र ता-उम्र गर्दै रहे । 

फारेहको अलावा जौन साहेबको जिन्दगीमा ‘सुरैय्या’ नामको कोही व्यक्ति आएको हुनुपर्दछ तर पंक्तिकार यस नामको पछाडिको कथन भेट्न असमर्थ छ ।

जाने-निगाहो-रूहे-तमन्ना चली गई 
ऐ नज़दे आरज़ू, मेरी लैला चली गई

बर्बाद हो गई मेरी दुनिया-ए-जुस्तजू 
दुनिया-ए-जुस्तजू मेरी दुनिया चली गई

ज़ोहरा मीरा सितारा-ए-क़िस्मत खराब है 
नाहीद । आज मेरी 'सुरैय्या' चली गई  

किस्से कहूं कि एक सरापा वफ़ा मुझे 
तन्हाइयों में छोड़ के चली  गई 

फरेहालाई गुमाएपछि जौन साहेब यसप्रकार तड्पिरहन थाले कि, उनको जीवनमा तडप मात्रै रहन पुग्यो । कहिले ‘शराब’को साहरा लिए, कहिले उदासीको । मानौँ फरेहाको प्रेमलाई खेलाँची सम्झिएको पश्चतापमै उनले बाँकी जीवन कटाउने सुर कसेका थिए । र, उनले गरे पनि त्यही । एलियाले पश्चतापको आगोमा जलेरै बाँकी जीवन बिताइदिए । उनले लेखेका छन्ः

अब मैं कोई शख़्स नहीं,
उसका साया लगता हूं ।

फरेहालाई गुमाएपश्चातको मलिनता, खिन्नता, उदासीनता, ठिठरापनमा जौन साहेबजीवन बिताइरहेका थिए, त्यति नै बेला एक उर्दू पत्रिका ‘‘इशां’’ उनको जीवनमा आयो । पत्रिका ‘इशां’ मात्रै होइन,  इशां जाहिदा हिना (इशांकी पत्रकार) पनि । यसैको प्रकाशनताका जाहिदा हिनासँग जौन साहेबको भेट भएको थियो । उनीहरूबीच  प्रेम भयो/भएन तर विवाह भयो । तीन बच्चा पनि भए । तर, एलिया-हिनाको सम्बन्धले लामो दूरी पार गर्न सकेन । सन् १९८४ मा उनीहरूको सम्बन्ध विच्छेद भयो । मानिन्छ कि जौन साहेब हिनालाई गृहणीको रूपमा देख्न चाहन्थे तर हिना एक पत्रकार थिइन् । जाहिदासँग अलग भएपश्चात जौन साहेब लेख्छन्, 

हम तो जी भी नहीं सके एक साथ  
हमको तो एक साथ मरना था 

जाहिदा हिनासँग अलग भएको केही समयपश्चात १० वर्षसम्म जौन साहेबले केही पनि नलेखेको रेख्ता बताउँछ । तर यस दौरान उनले निरन्तर खत(चिठी) लेखिरहने गरेको पाइन्छ । जसलाई आज उर्दू भाषामा जौन साहेबको एक सौगात सम्झन्छ ।

जौन साहेबले हिनासँग पटकपटक माफी मागेको र उनको राम्रोको कामना गरेको पनि देखिन्छ । यो गजल पढौँः

नया एक रिश्ता पैदा क्यों करें हम 
बिछड़ना है तो झगड़ा क्यों करें हम

ख़ामोशी से अदा हो रस्म-ए-दूरी 
कोई हंगामा बरपा क्यों करें हम

ये क़ाफ़ी है के दुश्मन नहीं हैं हम 
वफादारी का दावा क्यों करें हम 

नहीं दुनिया को जब परवाह हमारी 
तो दुनिया कि परवाह क्यों करें हम 

****

हुई नहीं मुझे कभी मोहब्बत किसी से 
मगर यक़ीं सबको  दिलाता रहा हूँ मैं

जौन साहेबको जिन्दगीमा एक गुमनाम शख्सियतको फेरि आगमन हुन्छ । जिन्दगीको आखिरी दिनहरूमा उनले यही गुमनाम शख्सियतका लागि सेर-नज्महरू लेखेको पाइन्छ । जाहिदाबाट अलग भएपश्चात ‘गुमनाम शख्सियत’ जौनको जिन्दगीमा आएकी जरूर थिइन् तर  ‘शरीक-ए-मोहब्बत’ हुन भने सकिनन् । यहाँ कुरा हुँदैछ- उनै फारेहाको गुमनाम शख्सियत यसकारण कि जौन साहेब फारेहाको अनुहार याद गर्न सकिरहेका थिएनन्ः

क्या सितम है कि अब तिरी सूरत 
ग़ौर करने पे याद आती है

हिनासँग अलग भएपश्चात जौन फारेहाको सम्झनामा फेरि भक्कानिन थालेका थिए । फेरि पश्चतापको आगोमा जल्न थालेका थिए । यही जलनबीच उनले लेखेका छन्ः

तुम मेरा दुःख बाँट रही हो, मैं खुद से शर्मिंदा हूँ 
अपने झूठे दुःख से तुमको कब तक दुःख पहुंचाऊंगा 

एहद-ए-रफ़ाक़त ठीक है लेकिन मुझको ऐसा लगता है 
तुम तो  मेरे साथ  रहोगी मैं  तन्हा रह  जाऊंगा ।  

जौन साहेबले फारेहाको नाममा ‘कई बेहतरीन ग़ज़लें’ लेखेका छन् । फारेहा उनको जीवनको एक जरूरी हिस्सा बनिसकेको थियो र जौन साहेब सायद कुनै रोगको औषधि झैँ समय-समयमा याद गरिरहने गर्दथे । फारेहाको नाममा जौन साहेबको एक गजलः

सारी  बातें भूल जाना फ़ारेहा 
था वो सब कुछ एक फ़साना फ़ारेहा 

हाँ मोहब्बत एक धोखा ही तो थी    
अब कभी धोखा न खाना फ़ारेहा 

छेड़ दे अगर कोई मेरा तज़्कीरा 
सुन के तंज़न मुस्कुराना फ़ारेहा 

था फ़क़त रूहों के नालों की शिकस्त 
वो  तरन्नुम   वो   तराना   फ़ारेहा 

बेहेस क्या करना भला हालात से 
हारना  है   हार  जाना फ़ारेहा

****

जौन जौन साहेबजति अजीव व्यक्ति थिए, उनको अभिलाषा, कामना, इच्छा, आकांक्षा, चाहत पनि उनी जत्तिकै अजीव थियो । उनी बचपनमा आफ्नो बाबुसँग गर्थे, “अब्बा मैं कभी बड़ा नहीं होना चाहता ।’ तर मृत्युपश्चात उनी ‘बड़े और बड़े’ हुँदै गए । उनको इच्छा थियो कि जवानीमै उनको मृत्यु होस् या जवानीमै ‘खुन थुक्ने वाला रोग’ले उनलाई अंकमाल गरोस् । ‘मोब्बतमे जुदाई’ र ‘जुदाईमे इश्किया’ उनको चाहना थियो । वियोगात्मक प्रेम र प्रेमालिङ्गन विछोडको चाहत राख्ने उनलाई प्रेमको कसाइ र बन्धन स्वीकार्य थियो तर विछोडको धुमधाम पनि स्वीकार्य थियो । उनी ‘जीते जी मरना’ र ‘मरकर जीना’ चाहन्थे । 

एक ही तो हवस रही है हमें
अपनी हालत तबाह की जाए

बर्बादीको मिसाल कायम गरेका जौन साहेब साँच्चैमा एक अजीव व्यक्तित्व हो । गोपालप्रसाद रिमालले 'एक युगमा एक दिन एकचोटी आउँछ' भनेका व्यक्तिमध्ये एक- जौन साहेब हुन् । जौन साहेब एक युगमा जन्मिने प्रतिभा हो ।

उनी आफ्नै अहंकार या अभिमानको रोगी भएर जिउन चाहन्थे । जिएर पनि गए । तर, उनको यस रोगलाई कसैले उपचार गर्न खोजेको उनलाई निको लाग्दैन थियो । उनी आफैँ भन्थेः

हाँ दवा दो मगर ये बतला दो
मुझ को आराम तो नहीं होगा

उनी रात-रातभर अनिदो बसेर एकै निर्णयमा पुग्ने गर्दथे कि- 'अब तम्मना नहीं करेंगे ।’ उनी यसप्रकारले दम निकाल्ने अभिलाषा पालेर यसकारण बसेका थिए कि उनी भन्न चाहन्थेः

ये हैं एक जब्र, कोई इत्तेहाक नहीं,
जौन होना कोई मज़ाक नहीं ।

जे हृदयमा आयो, त्यसलाई ‘बेतकल्लुफ़’ भनिदिने एलियाको यही रवैया आज खुब रुचाइएको छ । र, यसप्रकारको रवैया आजसम्म उनीबाहेक अरू सायरमा देखिएको छैन । बस्, उनी यस्ता एक्ला व्यक्ति हुन्- जो खुलमखुला भन्न सक्दछः

क्या तकल्लुफ़ करें ये कहने में,
जो भी खुश है हम उससे जलते हैं ।

मुल्ला नसरुद्दीन यसैले त भन्छन्, “मन्टो हसनको बायोपिक त हेरियो । ‘जौन् एलिया’को बायोपिक बनाइदिए कसैले बडा हेर्ने रहर छ । क्या आदमी था बे ।” तर, सिया परिवारमा जन्मेका, सुन्नी स्कुलमा पढेका, कम्युनिस्ट विचारधारा अंगालेका र आफैँले आफैँलाई नास्तिक घोषणा गरेका एलियाको वायोपिक बनाउने आँट कसले गर्ला ? 

मैं जो हूँ 'जौन-एलिया' हूँ जनाब
इस का बेहद लिहाज़ कीजिएगा

****

ज़िंदगी क्या है इक कहानी है
ये कहानी नहीं सुनानी है

जौनले जवानीमा जति जोशिला, रसिक, बोलक्कड (बातुनी), उत्साही, हँसमुख थिए, जीवनको पछिल्लो कालमा उति नै चिन्तित, कम्जोर, चिडचिडापनले गाँजिएका व्यक्ति रहे । उनको आखरियत (आखिरी दिन)लाई देखेर यस्तो लाग्थ्यो कि एउटा चमकदार तरबारलाई समयले खिया दियो, तर उनले समयले दिएको खियालाई नै आफ्नो धार बनाए । सेर-सायरी गरिरहे । 

दिल की तकलीफ़ कम नहीं करते
अब कोई शिकवा हम नहीं करते

निरन्तर निन्द्रा आएन, निन्द्रा आएन गरिरहने जौन साहेब आखिरकर कराचीको जमिन ओढेर ८ नोभेम्बर २००२ मा गहिरो निन्द्रा निदाए । यद्यपि,  ‘यारो के यार’ भनिरहेका छन्ः

हम को यारों ने याद भी न रखा
'जौन' यारों के यार थे हम ताे

****

यहाँ हामी उनका १५ सेरहरू पढ्नेछौँः

मैं भी बहुत अजीब हूं, इतना अजीब हूं कि बस
ख़ुद को तबाह कर लिया और मलाल भी नहीं

जो गुज़ारी न जा सकी हम से
हम ने वो ज़िंदगी गुज़ारी है

कौन इस घर की देख-भाल करे
रोज़ इक चीज़ टूट जाती है

यूं जो तकता है आसमान को तू
कोई रहता है आसमान में क्या

कितने ऐश उड़ाते होंगे कितने इतराते होंगे
जाने कैसे लोग वो होंगे जो उस को भाते होंगे

मैं भी बहुत अजीब हूं इतना अजीब हूं कि बस
ख़ुद को तबाह कर लिया और मलाल भी नहीं

मैं रहा उम्र भर जुदा ख़ुद से
याद मैं ख़ुद को उम्र भर आया

क्या बताऊं के मर नहीं पाता
जीते जी जब से मर गया हूं मैं

रोया हूं तो अपने दोस्तों में
पर तुझ से तो हंस के ही मिला हूं

हो रहा हूं मैं किस तरह बर्बाद
देखने वाले हाथ मलते हैं

ख़ूब है शौक़ का ये पहलू भी
मैं भी बर्बाद हो गया तू भी

उस गली ने ये सुन के सब्र किया
जाने वाले यहां के थे ही नहीं

अपना ख़ाका लगता हूं
एक तमाशा लगता हूं

सीना दहक रहा हो तो क्या चुप रहे कोई
क्यूं चीख़ चीख़ कर न गला छील ले कोई

ख़ूब है इश्क़ का ये पहलू भी
मैं भी बर्बाद हो गया तू भी

वो जो न आने वाला है ना उस से मुझ को मतलब था
आने वालों से क्या मतलब आते हैं आते होंगे

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

राजु झल्लु प्रसाद

लेखकबाट थप...