एजेन्सी- यमनको दक्षिणी सहर आदेनमा एक महिला पत्रकार र उनका नवजात शिशुको हत्या भएको छ ।
उनिहरूको बम विस्फोट गराएर हत्या गरिएको हो।
उनीहरुको गुडिरहेको कारमा बम विस्फोट गराइएको थियो ।
विस्फोटमा परी ती महिला पत्रकारका श्रीमान् घाइते भएका छन् ।
उनका श्रीमान् पनि पत्रकार हुन् । घाइते श्रीमानको अवस्था पनि गम्भीर रहेको छ ।
अहिले प्रहरीले हत्याराहरुको खोजी गरिरहेको बताएको छ ।
(एजेन्सीहरुको सहयोगमा)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...